३१ भदौ २०८३, बुधबार | September 16, 2026

प्रधानमन्त्री शाहसँग अमेरिकी कार्यवाहक राजदूत बोल्डिनको शिष्टाचार भेट



काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग यहाँस्थित अमेरिकी दूतावासका कार्यवाहक राजदूत मेगन बोल्डिनले शिष्टाचार भेट गरेकी छन् ।

प्रधानमन्त्रीको कार्यकक्षमा भएको भेटमा जलवायुजन्य विपद्का जोखिम न्यूनीकरण तथा त्यसको प्रभाव सम्बोधन गर्न विश्वव्यापी सहकार्य र सामूहिक प्रयासलाई अझ सुदृढ गर्नुपर्नेमा प्रधानमन्त्रीले जोड दिए ।

प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालका अनुसार प्रधानमन्त्री शाहले नेपालको विशिष्ट पर्यटन सम्भावना तथा यसको विकासमार्फत पारस्परिक लाभ हासिल गर्न सकिने अवसरहरूबारे चर्चा गर्नाका साथै नेपालमा अमेरिकी लगानी अभिवृद्धिका लागि प्रोत्साहन गर्न उनलाई अनुरोध गरे ।

प्रधानमन्त्री शाहले भोटेकोशी बाढीपछिको कठिन परिस्थितिमा अमेरिकाले नेपाललाई गरेको सहयोग र ऐक्यबद्धताप्रति हार्दिक आभार व्यक्त गर्दै बाढीमा नेपालीसँगै विदेशी पनि प्रभावित भएकामा दुःख व्यक्त गरे ।

कार्यवाहक राजदूत बोल्डिनले बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै वर्तमान कठिन घडीमा नेपाल सरकार र नेपाली जनताप्रति अमेरिकी सरकारको ऐक्यबद्धता प्रकट गरिन् । उनले राहत, पुनःस्थापना तथा पुनर्निर्माणका प्रयासमा सहयोग गर्न अमेरिकी सरकार तत्पर रहेको बताइन् ।

प्रकाशित मिति : ३१ भदौ २०८३, बुधबार  १ : २४ बजे

लुम्बिनीका नवनियुक्त प्रमुख सचिव कुँवरले सम्हाले जिम्मेवारी

दाङ । लुम्बिनी प्रदेशमा पदस्थापन हुनुभएका प्रमुख सचिव विनोदबहादुर कुँवरले

निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंक, मौद्रिक व्यवस्थापन विभागले रु ६०

नबिल बैंकद्वारा ‘नबिल एसएसई फेलोसिप’ र ‘सर्टिफिकेट कोर्स’का लागि आवेदन आह्वान

काठमाडौँ । नबिल बैंक लिमिटेडले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप

प्रधानमन्त्री शाहसँग अमेरिकी कार्यवाहक राजदूत बोल्डिनको शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग यहाँस्थित अमेरिकी दूतावासका कार्यवाहक राजदूत

सर्वदलीय बैठक सुरु, को को छन् सहभागी ?

काठमाडौं । सत्तारुढ रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठक