बुटवल । सौन्दर्यसम्बन्धी विभिन्न सेवा प्रदान गर्ने उद्देश्यसहित बुटवल-८, सुख्खानगरमा ‘ब्यूटी क्यासल’ सञ्चालनमा आएको छ । सौन्दर्य क्षेत्रमा एक दशक लामो अनुभव संगालेकी युवा उद्यमी अस्मिता श्रेष्ठले ब्यूटी क्यासल सञ्चालनमा ल्याएकी हुन् ।
सुख्खानगरस्थित नेकपा एमालेको पार्टी कार्यालय नजिकै रहेको ब्यूटी क्यासलको उद्घाटन कार्यक्रम बिहीबारदेखि तीन दिनसम्म सञ्चालन हुने सञ्चालकले जनाएको छ ।
ब्यूटी क्यासलमा हेयर तथा स्किनसम्बन्धी सेवासहित सौन्दर्य क्षेत्रका विभिन्न सेवा उपलब्ध हुने सञ्चालक अस्मिता श्रेष्ठले बताइन् । उनका अनुसार पेडिकेयर, नेल्स, हेयरकट तथा हेयर टिटमेन्ट, विभिन्न प्रकारका मेकअपलगायत सेवा प्रदान गरिनेछ ।
त्यस्तै, सौन्दर्यसम्बन्धी आधारभूत तथा एडभान्स तालिमसमेत सञ्चालन गरिने उनले जानकारी दिइन् । कपालसम्बन्धी क्लासिसको सेवा पनि ब्यूटी क्यासलमा उपलब्ध हुने जनाइएको छ ।
उद्घाटनका अवसरमा असोज १ गतेदेखि दुई महिनासम्म अधिकतम ३० प्रतिशत छुटको व्यवस्था गरिएको सञ्चालक श्रेष्ठले बताइन् । ग्राहकलाई सौन्दर्य सेवामा सहज पहुँच र नयाँ अनुभव प्रदान गर्ने उद्देश्यले छुटको व्यवस्था गरिएको उनको भनाइ छ ।
















प्रतिक्रिया