काठमाडौँ । भारत भ्रमणमा रहनुभएका अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबीच भेटवार्ता भएको छ ।
आज अपराह्न ५ः०० बजे नयाँ दिल्लीस्थित कर्तव्य भवन परिसरमा रहेको भारतीय वित्त मन्त्रालयमा उनीहरूबीच भेटवार्ता भएको हो । भेटमा दुवै देशका सरकारी प्रतिनिधिमण्डलका सदस्यहरू सहभागी थिए ।
भेटवार्ताका क्रममा नेपालमा विपद्पछिको पुनर्निर्माणमा सहयोगबारे छलफल भएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ । साथै, दुई देशीय व्यापार, लगानी, ऊर्जा, कनेक्टिभिटी लगायतका विषयमा पनि कुराकानी भएको दूतावासले जानकारी गराएको छ ।
अर्थमन्त्री वाग्ले तीन दिनका लागि भारत भ्रमणमा बिहीबार नै नयाँ दिल्ली पुगेका हुन्। उनले भारतीय विदेश मन्त्री एस. जयशंकरसँग शनिबार भेटवार्ता गर्ने तय भएको छ।
त्यसअघि उनी भारतमा आयोजित तीन वटा कार्यक्रममा सहभागी हुनेछन्।
















प्रतिक्रिया