२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

आज गणेशमान सिंहको २९ औँ स्मृति दिवस



काठमाडौं । विसं २०४६ मा प्रजातन्त्र पुनःस्थापनाका लागि भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको २९ औँ स्मृति दिवस आज नेपाली कांग्रेसका भ्रातृ एवं शुभेच्छुक संस्थाले विविध कार्यक्रमका साथ मनाउदै छन् ।

नेपाली राजनीतिमा त्याग र साहसको उदाहरण प्रस्तुत गरेका सिंह आन्दोलन सफल भएपछि राजा वीरेन्द्रले प्रधानमन्त्री हुन गरेको आग्रह अस्वीकार गर्दै आफ्ना समकक्षी कृष्णप्रसाद भट्टराईलाई प्रस्ताव गरेका थिए ।

विसं १९७२ कात्तिक २४ गते काठमाडौंको क्षेत्रपाटीमा जँिमएका नेता सिंहको २०५४ साल असोज २ गते निधन भएको हो । उनले प्रजा परिषद्को सदस्य भई राणाशासन हटाउने अभियानमा आफूलाई सक्रिय बनाएका थिए ।

विसं २००७ अघि भद्रगोल जेल फोरेर भाग्न सफल भएका सिंहले भारतमा पुगी अर्का नेता बिपी कोइरालासँग राजनीतिक सम्बन्ध विकसित गरे । उनले २००३ सालमा स्थापित नेपाली राष्ट्रिय कांग्रेसलाई नेतृत्व गरे ।

प्रजातन्त्र स्थापनाका लागि भएको २००७ सालको क्रान्तिका एक अगुवाका रूपमा उनले वीरगन्ज मोर्चामा सशस्त्र सङ्घर्ष गरेका थिए ।

विसं २०१५ मा पहिलो निर्वाचन भएपछि बनेको सरकारमा वरिष्ठ मन्त्री भएका उनले २०१७ सालमा प्रजातन्त्र अपहरण भएपछि आठ वर्ष सिंहदरबार र सुन्दरीजल बन्दीगृहमा काराबास जीवन बिताए ।

विसं २०२५ मा बिपीसँगै सुन्दरीजल बन्दी गृहबाट रिहा भएपछि प्रवासमा राजनीतिक सङ्गठन विस्तार गरे । विसं २०३३ मा बिपीसँगै राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ स्वदेश फर्केर पञ्चायती व्यवस्थाविरूद्ध सक्रिय रहे ।

प्रकाशित मिति : २ आश्विन २०८३, शुक्रबार  ७ : ५९ बजे

बुद्ध-परिपथले जोडिँदै पनौती, नमोबुद्ध र तेमाल

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको दक्षिण-पूर्वी भेगका प्रमुख ऐतिहासिक, धार्मिक तथा पर्यटकीय

भोटेकोशी बाढी : छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना

डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु

सुनसरी । इटहरी उपमहानगरपालिका-४ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा

१५ किलोमा लेदो खसेपछि नारायणगढ-मुग्लिन सडक एकतर्फी

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको १५ किलो नजिकै माथिबाट लेदो खसेपछि

प्रधानमन्त्री शाहले राष्ट्रियसभामा दुई निकायको वार्षिक प्रतिवेदन पेस गर्ने

काठमाडौं । सङ्घीय संसद्, राष्ट्रियसभाको बैठक आज बस्दैछ । अपराह्न