२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

बुटवलमा वामपन्थी दलहरुबारे विचार गोष्ठी हुँदै, भीम रावल प्रमुख वक्ता



बुटवल । संविधान दिवसका दिन शनिबार बुटवलमा वर्तमान राजनैतिक परिस्थितीमा वामपन्थी दलहरुको भूमिका बिषयक विचार गोष्ठी हुने भएको छ ।

विचार गोष्ठीलाई नेकपाका नेता भिम रावलले प्रमुख वक्ताकारुपमा सम्बोधन गर्ने भएका छन् । पुष्पलाल मित्रता केन्द्रको आयोजनामा बुटवलमा लुम्बिनी प्रदेश स्तरीय विचार गोष्ठी हुने जनाइएको छ ।

उक्त विचार गोष्ठीको  रावल प्रमुख वक्ता हुन् भने नेकपाका नेता चक्रपाणी खनाल, नेकपा एमालेका पोलिटब्यूरो सदस्य खिमलाल भट्टराई, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार बद्रे आलम, क्रान्तिकारी कम्युनिष्ट पार्टीका स्थायी कमिटि सदस्य कृष्ण पौडेल, वाम बुद्धिजिवि घनश्याम पाठक, पुष्पलाल मित्रता केन्द्रका अध्यक्ष जगन्नाथ खतिवडाले सम्बोधन गर्नेछन् ।

४८ औं पुष्पलाल स्मृति दिवसको सन्दर्भमा फेरिएको राजनैतिक परिदृश्यमा वामपन्थी एकता र लोकतान्त्रिक शक्तिविचको सहकार्य गराउने उदेश्यले देशैभर विचार गोष्ठी गरिएको पुष्पलाल मित्रता केन्द्रका अध्यक्ष जगन्नाथ खतिवडाले बताए ।

मुलुकमा प्रतिक्रान्तिमा अगाडि बढिरहेको बेला कम्यूनिष्ट जोडने अभियान स्वरूप लुम्बिनीमा शनिबार कार्यक्रम गर्न लागिएको खतिवडाले बताए । कम्यूनिष्टहरू एकजुट नभए देश दीर्घकालिन संकटमा जान सक्ने भएकाले देशव्यापी रूपमा कार्यक्रम गरेको उनको भनाई छ । यसअघि पुष्पलाल मित्रता केन्द्रले साउन ७ गते पुष्पलाल स्मृति दिवसको सन्दर्भ पारेर बाग्मती प्रदेशबाट यो अभियानको सुरुवात गरेको थियोे ।

बाग्मतीमा नेकपाका संयोजक प्रचण्डले सम्बोधन गरेका थिए । यसैगरी कर्णाली प्रदेशको सुर्खेतमा देव गुरूङ, सुदुरपश्चिमको धनगढीमा भएको कार्यक्रममा नारायणकाजी श्रेष्ठ, मधेश प्रदेशको जनकपुरमा भएको कार्यक्रममा नेकपा सहसंयोजक माधव कुमार नेपाल, कोशी प्रदेशको इटहरीमा भएको कार्यक्रममा राजेन्द्र प्रसाद पाण्डे र गण्डकीको पोखरामा भएको कार्यक्रमलाई एमाले नेता सुरेन्द्र पाण्डेले सम्बोधन गरेका थिए ।

कार्यक्रमले वैचारिक रुपमा कम्यूनिष्ट पार्टी र लोकतान्त्रिक शक्तिलाई जोड्न आयोजना गरिएकाले इच्छुकहरुलाई सहभागि हुन नेकपा लुम्बिनीका संयोजक अब्दुल हुसेन खानले आग्रह गरे ।

प्रकाशित मिति : २ आश्विन २०८३, शुक्रबार  ३ : ४५ बजे

भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस

काठमाडौं । सरकारले भारत, चीन र अमेरिकासहित १३ मुलुकका लागि

बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरुद्धको खोप दिइँदै

काठमाडौं । बाढी प्रभावित क्षेत्रमा हैजा नियन्त्रणका लागि मुखबाट दिइने

बुटवलमा वामपन्थी दलहरुबारे विचार गोष्ठी हुँदै, भीम रावल प्रमुख वक्ता

बुटवल । संविधान दिवसका दिन शनिबार बुटवलमा वर्तमान राजनैतिक परिस्थितीमा

बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम

काठमाडौँ । हिमालय क्षेत्रमा तीव्र गतिमा बढिरहेको तापक्रमले नेपालजस्ता विकासोन्मुख

चाडपर्वपछि सरकारविरुद्ध ठूलो आन्दोलनको तयारी भैरहेको छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले