३ आश्विन २०८३, शनिबार | September 19, 2026

सिमरा होटलमा विवादपछि चक्कु प्रहार, ३५ वर्षीय युवकको मृत्यु



बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरास्थित एक होटलमा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ। शनिबार साँझ करिब ५ बजे सम्झना स्टाफ होटलमा भएको घटनामा स्थानीय ३५ वर्षीय शेरबहादुर खड्काको मृत्यु भएको हो।

प्रहरीका अनुसार खाजा खान होटल पुगेका केही व्यक्तिहरूबीच विवाद भएपछि घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। विवादका क्रममा होटलको भान्सामा रहेको धारिलो चक्कु खड्काको घाँटीमा प्रहार गरिएको बताइएको छ।

चक्कु प्रहारबाट गम्भीर घाइते भएका खड्कालाई तत्काल उपचारका लागि वीरगञ्जस्थित अस्पताल लगिएको थियो। तर, अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

घटनामा संलग्न व्यक्ति फरार रहेको इलाका प्रहरी कार्यालय सिमराका प्रमुख डीएसपी  दयाकृष्ण भट्टले जानकारी दिए। प्रहरीले फरार व्यक्तिको खोजीका साथै घटनाको कारण र संलग्नताबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति : ३ आश्विन २०८३, शनिबार  ९ : २३ बजे

अर्थमन्त्री डा वाग्ले स्वदेश फिर्ता

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सम्पन्न

कार्यदल मै नरहेका प्रदीप ज्ञवालीले लेखे पुनर्गठनसम्बन्धी कार्यदलको तेस्रो प्रतिवेदन (पूर्णपाठ)

काठमाडौं । नेकपा (एमाले) को पार्टी पुनर्गठनसम्बन्धी एजेण्डामा तेस्रो प्रतिवेदन

कांग्रेसको १५औँ महाधिवेशन : ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

काठमाडौँ । नेपाली कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म

सिमरा होटलमा विवादपछि चक्कु प्रहार, ३५ वर्षीय युवकको मृत्यु

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरास्थित एक होटलमा चक्कु प्रहारबाट

खजुरा क्यान्सर अस्पतालमा बिग्रेको लिन्याक मेसिन ६ महिनापछि सञ्चालनमा

नेपालगन्ज । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा करिब