काठमाडौं । ब्राजिलियन फरवार्ड राफिन्हाले ह्याट्रिक गरेपछि बार्सिलोनाले शनिबार सेभियालाई ३-१ ले पराजित गर्दै स्पेनिस ला लिगामा लगातार सातौँ जित हात पारेको छ ।
यस जितसँगै बार्सिलोनाले सात खेलबाट ३१ गोल गरेको छ । बार्सिलोना दोस्रो स्थानमा रहेको रियल मड्रिडभन्दा ६ अंकले अघि छ । रियल मड्रिडले आइतबार एट्लेटिको मड्रिडसँग खेल्दैछ ।
बार्सिलोनाका लागि लामिन यमलले राफिन्हाका दुई गोलमा असिस्ट गरेका थिए । राफिन्हाले जारी सिजन ला लिगामा १२ गोल गरिसकेका छन्, जुन अहिलेसम्म लिगकै सर्वाधिक गोल हो । उनले अघिल्लो पूरा सिजनमा १३ गोल गरेका थिए ।
खेलमा सेभियाले युसुफ फोफानाको गोलमार्फत सुरुआती अग्रता लिएको थियो । तर राफिन्हाले पहिलो हाफको मध्यतिर गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काए ।
दोस्रो हाफको ५२औँ मिनेटमा यमलले उत्कृष्ट ड्रिब्लिङ गर्दै दिएको अवसरमा राफिन्हाले नजिकबाट हेडमार्फत व्यक्तिगत दोस्रो गोल गरे ।
त्यसपछि यमलकै अर्को असिस्टमा राफिन्हाले गोल गर्दै ह्याट्रिक पूरा गरे र बार्सिलोनालाई ३–१ को जित दिलाए ।
















प्रतिक्रिया