२० कार्तिक २०८३, शुक्रबार | November 6, 2026

साउदी अरबमाथि भएको हुथी आक्रमणको यमन सरकारद्वारा कडा शब्दमा निन्दा



यमन । यमनको अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकारले साउदी अरबको राजधानी रियादमा शनिबार बिहान भएको हुथी आक्रमणको ‘कडा शब्दमा’ निन्दा गरेको छ।

यमन सरकारले उक्त आक्रमणलाई साउदी अरबको सार्वभौमिकतामाथिको ‘खुला उल्लङ्घन’ भनेको छ।

यमनको विदेश मन्त्रालयद्वारा जारी विज्ञप्ति अनुसार आक्रमणको सम्पूर्ण जिम्मेवारी हुथी विद्रोहीहरूमाथि थोपारिएको छ। साथै, हुथीहरूलाई निरन्तर सैन्य सहयोग उपलब्ध गराउँदै आफ्नो क्षेत्रीय एजेन्डा पूरा गर्न प्रोत्साहित गरेको भन्दै मन्त्रालयले इरानी शासनलाई पनि यसको जिम्मेवार ठहर्‍याएको छ।

विज्ञप्तिमा साउदी अरब र साउदी नेतृत्वको गठबन्धन सेनाले आक्रमण रोक्न तथा राज्यको सुरक्षा सुनिश्चित गर्न चाल्ने जुनसुकै कदमप्रति पूर्ण समर्थन रहने स्पष्ट पारिएको छ। साउदी अरबबाट निरन्तर सैन्य सहयोग प्राप्त गर्दै आएको यमन सरकारका साथै इजिप्ट, जोर्डन, बहराइन र खाडी सहयोग परिषद्ले समेत उक्त आक्रमणको संयुक्त रूपमा भत्सर्ना गरेका छन्।

प्रकाशित मिति : ४ आश्विन २०८३, आइतबार  १२ : ०४ बजे

उत्तरढोकामा ग्लोबल आइएमई बैंकको १२ तले अत्याधुनिक कर्पोरेट भवन निर्माण सुरु

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौँको उत्तरढोकामा आफ्नो अत्याधुनिक

तिहार बिदाअघि २.६४ अंकले बढेर बन्द भयो नेप्से परिसूचक

काठमाडौं। तिहारको पूर्वसन्ध्यामा शुक्रबार सेयर बजार बढेर बन्द भएको छ।

सुनकोशी-मरिण ठेक्का रद्दबारे अनुसन्धान माग गर्दै कांग्रेसले लेखासमितिमा दियो निवेदन

All Posts काठमाडौं। सरकारको कार्यशैलीविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस

प्रेस काउन्सिल अध्यादेशविरुद्ध पत्रकार महासंघ पुग्यो शीतल निवास

काठमाडौं । प्रेस काउन्सिल ऐन, २०४८ लाई संशोधन गर्न बनेको

दैलेखमा सिडिओ नपठाउँदा तिहारमा पनि तलवविहीन बने कर्मचारी

सुर्खेत । दैलेख जिल्ला प्रशासन कार्यालय प्रमूख जिल्ला अधिकारी विहीन बन्दा