४ आश्विन २०८३, आइतबार | September 20, 2026

बुटवलमा मंसिर २६ र २७ गते दोस्रो मगर साहित्य महोत्सव हुँदै



बुटवल । मगर समुदायको भाषा, साहित्य र कलाको पहिचान गर्दै साहित्य क्षेत्रको विकास गर्ने उद्देश्यले बुटवलमा दोस्रो मगर साहित्य महोत्सव हुने भएको छ । नेपाल मगर महिला संघ, रूपन्देहीको आयोजनामा हुने महोत्सव आगामी मंसिर २६ र २७ गते बुटवल बहुमुखी क्याम्पसमा आयोजना हुने भएको हो ।

महोत्सवले मगर समुदायको सांस्कृतिक पुनर्जागरण, बौद्धिक सशक्तीकरण र राष्ट्रिय एकतामा रचनात्मक योगदान पुर्‍याउने महोत्सव निर्देशक शंकर गाहाले बताए ।

उनका अनुसार महोत्सवका दुई दिन विभिन्न विधामा विमर्श तथा बहस, पुस्तक विमोचन, कविता वाचन तथा मगर कला, संस्कृति र दर्शनमा आधारित संवाद आयोजना गरिनेछ ।

महोत्सवमा ‘नेपालमा आदिवासीको पहिचान र पहुँचको प्रश्न’, ‘मातृभाषाको शक्ति’, ‘मगर सिनेमाको उकालो-ओरालो’, ‘सदन र प्रशासनमा मगर’, ‘कला साहित्यमा रैथाने ज्ञान’, ‘मगर महिला : मेहनतले उद्यम र अर्थ सिँगार्दै’ र ‘किन बढ्न सकेन मगरको राजनीतिमा हस्तक्षेप’ लगायत ११ वटा विषयमा प्यानल डिस्कसन हुने गाहाले जानकारी दिए ।

महोत्सवमा नेपालका ३० जिल्लासहित थाइल्यान्ड, भारतको दार्जिलिङ र यूकेलगायत देशबाट समेत प्रतिनिधिको सहभागिता रहने आयोजकले जनाएको छ ।

महोत्सव सचिवालय सल्लाहकार यम रानाले महोत्सवले बुटवलसहित रूपन्देहीमा साहित्यप्रतिको रुचि बढाउन सहयोग गर्ने बताए । उनका अनुसार महोत्सव केवल सांस्कृतिक वा मनोरञ्जनात्मक कार्यक्रम नभई मगर समुदायको भाषा, साहित्य, इतिहास र मौलिक परम्परालाई उजागर गर्नुका साथै समाजमा पठन संस्कृतिको विकास गर्ने बौद्धिक अभियानका रूपमा आयोजना गर्न लागिएको हो ।

“यो बौद्धिक अभियान महोत्सव केवल सांस्कृतिक वा मनोरञ्जनात्मक कार्यक्रम मात्र नभई मगर समुदायको भाषा, साहित्य, इतिहास र मौलिक परम्परालाई उजागर गर्ने र समाजमा पठन संस्कृतिको विकास गर्नेछ”, रानाले भने । महोत्सवका अवसरमा गोरेबहादुर खपाङ्गी मगर सामाजिक सेवा पुरस्कार, जीत रेख मगर साहित्य पुरस्कार तथा मगर भाषा कविता पुरस्कारसमेत वितरण गरिने नेपाल मगर महिला संघ रूपन्देहीकी राधिका श्रीसले जानकारी दिइन् ।

संघकी अध्यक्ष निर्मला थापा मगरले मगर समुदायको इतिहास लेख्ने, आफ्नो संस्कृति आफैँ संरक्षण गर्ने र ज्ञानलाई विश्वसँग साझा गर्ने अभियानका रूपमा महोत्सव कोशेढुङ्गा साबित हुने बताइन् ।

महोत्सव सम्पन्न गर्न करिब ३३ लाख रुपैयाँ खर्च हुने आयोजकले अनुमान गरेको छ ।

प्रकाशित मिति : ४ आश्विन २०८३, आइतबार  ७ : २२ बजे

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

नेपाली कांग्रेसको ७३ जिल्लामा वडा अधिवेशन सम्पन्न, बाँकी भोली हुने

काठमाडौं ।  नेपाली कांग्रेसको १५ औँ केन्द्रीय महाधिवेशनअन्तर्गत दोस्रो दिन

राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न रास्वपाको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संयुक्त राष्ट्रसङ्घको महासभामा भोटेकोशी

जलवायु न्याय खोज्दै मनास्लु आधार शिविरमा बसेका युवाको अनशन स्थगित

गोरखा । मनास्लु आधारशिविरमा युवाहरुले तीन दिनदेखि गरेको आमरण अनशन

बुटवलमा मंसिर २६ र २७ गते दोस्रो मगर साहित्य महोत्सव हुँदै

बुटवल । मगर समुदायको भाषा, साहित्य र कलाको पहिचान गर्दै