६ आश्विन २०८३, मंगलबार | September 22, 2026

बुटवलमा जिडब्लुएमको नयाँ सोरूम सञ्चालन, ओरा ५ र जोलियन म्याक्स इभी सार्वजनिक



बुटवल । ग्रेट वाल मोटर (जिडब्लुएम) नेपालको बुटवलस्थित आधिकारिक क्षेत्रीय डिलर सहर्सा इन्टरप्राइजेजले कालिकानगरमा नयाँ सोरूम सञ्चालनमा ल्याएको छ । आइतबार सोरूम उद्घाटनसँगै जिडब्लुएम ओरा ५ र हाभल जोलियन म्याक्स इभी पनि बुटवलमा सार्वजनिक गरिएको छ ।

कम्पनीका अनुसार सार्वजनिक गरिएका दुवै विद्युतीय गाडीमा आधुनिक प्रविधि, आकर्षक डिजाइन, एआई फिचर, उच्च सुरक्षा मापदण्ड तथा प्रिमियम सुविधाहरू समावेश छन् ।

ओरा ५ मा ५८.३ किलोवाट आवरको ब्याट्री रहेको छ भने यसले एकपटकको चार्जमा ५२० किलोमिटरसम्मको रेन्ज दिने कम्पनीले जनाएको छ । २०० मिलिमिटर ग्राउन्ड क्लियरेन्स रहेको ओरा ५ मा प्यानोरामिक मुनरुफ, प्रिमियम सिट, ३६० डिग्री सराउन्ड भ्यु क्यामेरा, १८० डिग्री च्यासिस भ्यु क्यामेरा तथा सेल्फ-हिलिङ पेन्ट टेक्नोलोजी लगायतका सुविधा छन् । ओरा ५ इभीको मूल्य ४८ लाख ४९ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

त्यस्तै, हाभल जोलियन म्याक्स इभीमा १५० किलोवाटको विद्युतीय मोटर र ५८.३ किलोवाट आवरको ब्याट्री जडान गरिएको छ । यसले ४०० किलोमिटरभन्दा बढी रेन्ज दिने कम्पनीको दाबी छ । १९० मिलिमिटर ग्राउन्ड क्लियरेन्स रहेको यस गाडीमा प्यानोरामिक सनरुफ, १४.६ इन्चको इन्फोटेनमेन्ट प्रणाली, एडिएएस र भिटुएल लगायतका सुविधा छन् । जोलियन म्याक्स इभीको मूल्य ५९ लाख ९९ हजार ९९९ रुपैयाँ निर्धारण गरिएको छ ।

सहर्सा इन्टरप्राइजेजका सञ्चालक केहरसिंह खड्काले आधुनिक सहरका रूपमा विकास भइरहेको बुटवलमा भरपर्दो जिडब्लुएम ब्रान्ड भित्र्याउन पाएकोमा खुसी व्यक्त गर्दै बिक्रीसँगै बिक्रीपछिको गुणस्तरीय सेवा उपलब्ध गराउने बताए ।

नयाँ सोरूमबाट ग्राहकले बिक्री, सर्भिस र स्पेयर पार्ट्ससहितको ‘थ्री एस’ सेवा एकै स्थानबाट प्राप्त गर्न सक्ने उनले बताए। लामो समयदेखि अटोमोबाइल क्षेत्रमा आबद्ध खड्काले सोरूममा जिडब्लुएमका विद्युतीय तथा प्रिमियम गाडीहरू प्रदर्शनीमा राखिने र विद्युतीय सवारीका लागि आवश्यक प्राविधिक सेवासमेत उपलब्ध हुने जानकारी दिए ।

जिडब्लुएम नेपालका महाप्रबन्धक अधिरकुमार श्रेष्ठले पश्चिम नेपालको केन्द्रका रूपमा रहेको बुटवललाई जिडब्लुएमको विस्तारका लागि महत्वपूर्ण बजारका रूपमा लिइएको बताए । नयाँ सोरूममार्फत रुपन्देही तथा आसपासका जिल्लाका ग्राहकलाई जिडब्लुएमका विश्वस्तरीय शून्य उत्सर्जन विद्युतीय सवारीसाधन तथा सेवा सहज रूपमा उपलब्ध हुने उनले बताए ।

ओरा ५ र हाभल जोलियन म्याक्स इभीको आगमनले बुटवलवासीलाई भरपर्दो, दिगो र उच्चस्तरीय यातायातको पहुँच प्रदान गर्ने विश्वाससमेत श्रेष्ठले व्यक्त गरे । नयाँ सोरूम सञ्चालनमा आएसँगै दुवै गाडीको बुकिङ तथा टेस्ट ड्राइभ खुला गरिएको कम्पनीले जनाएको छ ।

कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याल, देवदह मेडिकल कलेजका अध्यक्ष गोपाल पोखरेललगायतले नेपालमा पछिल्लो समय विद्युतीय सवारीसाधनप्रति उपभोक्ताको आकर्षण बढ्दै गएको बताए । उनीहरूले नेपालको सडक अवस्था र आवश्यकताअनुकूल तथा सुरक्षालाई प्राथमिकता दिइएका विद्युतीय गाडी बजारमा ल्याउनुपर्नेमा जोड दिए ।

कम्पनीका अनुसार जिडब्लुएमका उत्पादन विश्वका १७० भन्दा बढी देशमा बिक्री हुँदै आएका छन् ।

प्रकाशित मिति : ५ आश्विन २०८३, सोमबार  ७ : ४२ बजे

त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको उपचारका क्रममा मृत्यु

काठमाडौं । त्रिपुरेश्वरमा सोमबार बसमा भएको आगलागीमा परी गम्भीर घाइते

प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा सहभागी हुन उच्चस्तरीय

आज चार संसदीय समितिको बैठक बस्दै, विभिन्न विधेयक र नीतिगत विषयमा छलफल हुने

काठमाडौं । आज संघीय संसद्का चारवटा संसदीय समितिको बैठक बस्दैछ

एमाले केन्द्रीय कमिटी बैठकको दोस्रो दिन आज, केन्द्रीय सदस्यले धारणा राख्ने

काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकको दोस्रो दिनको

अन्नपूर्णको आम्दानीको स्रोत पर्यटकीयस्थल

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पर्यटकीयस्थल आन्तरिक आम्दानीको प्रमुख स्रोत