६ आश्विन २०८३, मंगलबार | September 22, 2026

बुटवलको सुन्दरनगर खानेपानी संस्थाको अध्यक्षमा शंकर परियार निर्वाचित



बुटवल । बुटवल-६ स्थित सुन्दरनगर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको अध्यक्षमा शंकर परियार निर्वाचित भएका छन् ।

आइतबार सम्पन्न संस्थाको १३ औँ साधारणसभा तथा पाँचौँ अधिवेशनबाट परियार २३२ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्ष पदका अर्का प्रत्याशी रिमकुमारी श्रेष्ठले १६२ मत प्राप्त गरिन् ।

अध्यक्षबाहेक अन्य पदमा भने सर्वसम्मत रूपमा नेतृत्व चयन भएको छ । उपाध्यक्षमा प्रकाश खनाल, सचिवमा शंकर काफ्ले, कोषाध्यक्षमा थर्कराज खडाल र सहसचिवमा विजया पुनमगर चयन भएका छन् ।

त्यस्तै, सदस्यमा राजकुमार गुप्ता, नजिर हुसेन नदाफ, राजु साई, देवी विश्वकर्मा, कमला श्रेष्ठ, सञ्जय बिसी, सीता जोशी, ध्रुवराज खनाल र गिरिराज भुसाल निर्विरोध निर्वाचित भएका छन् ।

प्रकाशित मिति : ५ आश्विन २०८३, सोमबार  ७ : ५६ बजे

डाटासेन्टरमा देखिएको समस्यापछि रोकिएको शेयर कारोबार पुनः सञ्चालन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का ७२ कारोबार सदस्यको डाटा

फिर्केखोलाका अनधिकृत संरचना हटाउन पोखरा महानगरको ताकेता

पोखरा । पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघरभित्र बनाइएका सबै संरचना एक

त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको उपचारका क्रममा मृत्यु

काठमाडौं । त्रिपुरेश्वरमा सोमबार बसमा भएको आगलागीमा परी गम्भीर घाइते

प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा सहभागी हुन उच्चस्तरीय

आज चार संसदीय समितिको बैठक बस्दै, विभिन्न विधेयक र नीतिगत विषयमा छलफल हुने

काठमाडौं । आज संघीय संसद्का चारवटा संसदीय समितिको बैठक बस्दैछ