५ आश्विन २०८३, सोमबार | September 21, 2026

बुटवलमा हुन्डाईको ‘अल-न्यू भेन्यू’ सार्वजनिक, सुरुआती मूल्य ४८ लाख ९६ हजार



बुटवल । हुन्डाईको बहुप्रतिक्षित नयाँ कम्प्याक्ट एसयूभी ‘अल-न्यू भेन्यू’ अब बुटवलमा सार्वजनिक भएको छ । सिद्धि विनायक मोटर कर्प, बुटवलले भित्राएको गाडी बुटवल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष उज्जवल कसजूले सार्वजनिक गरे ।

हुन्डाईका लागि बुटवल तथा आसपासका ग्राहकले नयाँ पुस्ताको आधुनिक कम्प्याक्ट एसयूभी प्रत्यक्ष अनुभव गर्न पाउने भएका छन् । आकर्षक तथा बोल्ड डिजाइन, आधुनिक प्रविधि र उत्कृष्ट प्रदर्शनको संयोजन रहेको अल-न्यू भेन्यूमा आरामदायी तथा अत्याधुनिक सुविधा समावेश गरिएको कम्पनीले जनाएको छ । गाडीको बाहिरी डिजाइनमा ट्विन हर्न एलईडी डीआरएल, होराइजन एलईडी रियर कम्बिनेसन ल्याम्प, डार्क क्रोम ग्रिल तथा सिग्नेचर सी-पिलर गार्निस राखिएको छ ।

त्यस्तै, गाडीको भित्री भागमा १०.२५ इन्चको कनेक्टेड कार नेभिगेसन तथा मनोरञ्जन प्रणाली, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो, डिजिटल क्लस्टर तथा पावर्ड टिल्ट एन्ड स्लाइड सनरुफ जस्ता आधुनिक सुविधा उपलब्ध छन ।
प्रदर्शनका लागि अल-न्यू भेन्यूमा कप्पा १.२ लिटर एमपीआई पेट्रोल र कप्पा १.० लिटर टर्बो जीडीआई पेट्रोल इन्जिनको विकल्प दिइएको छ। यी इन्जिनले दैनिक यात्राका लागि सहजदेखि थप प्रतिक्रियाशील टर्बो प्रदर्शनसम्मको विकल्प उपलब्ध गराउने कम्पनीको दाबी छ । सुरक्षाका दृष्टिले पनि भेन्यूमा विभिन्न आधुनिक प्रविधि समावेश गरिएको छ । नेपाली बजारमा अल-न्यू भेन्यूको सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ तोकिएको छ ।

यो गाडी मुख्यतः तीनवटा भेरियन्टमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । जसअन्तर्गत एचएक्स २ (१,१९७ सीसी पेट्रोल), एचएक्स ५ प्लस (१,१९७ सीसी पेट्रोल) र एचएक्स ५ डीसीटी (९९८ सीसी पेट्रोल) भेरियन्ट रहेका छन । अल–न्यू भेन्यू अब बुटवलस्थित हुन्डाई सोरुममा उपलब्ध भइसकेको छ। ग्राहकले सोरुममै पुगेर गाडीको आकर्षक डिजाइन, आधुनिक प्रविधि, आरामदायी इन्टेरियर तथा प्रदर्शनको प्रत्यक्ष अनुभव लिन सक्ने सुनिलकृष्ण कसजूले बताए ।

प्रकाशित मिति : ५ आश्विन २०८३, सोमबार  ७ : ३२ बजे

विज्ञापनको बिल नबुझ्न हुलाकलाई पत्रकार महासंघको आग्रह, अटेर गरे तालाबन्दी गर्ने चेतावनी

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाले जिल्ला हुलाक कार्यालय

त्रिपुरेश्वर बस आगजनीका सम्बन्धमा छानबिन समिति गठन

काठमाडौँ । त्रिपुरेश्वरमा आज बसमा भएको आगजनीको सम्बन्धमा सत्यतथ्य पत्ता

भोटेकोशी बाढी : पर्यटन क्षेत्रमा रु ५२ अर्बभन्दा बढीको क्षति

काठमाडौँ । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

कांग्रेस १५औँ महाधिवेशन : ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन

शिक्षकका राजनीतिक गतिविधिमाथि निगरानी बढाउन निर्देशन

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले राजनीतिक दलका गतिविधिमा संलग्न