९ आश्विन २०८३, शुक्रबार | September 25, 2026

५९ जिल्लामा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह



काठमाडौं । वर्षासँगै देशका विभिन्न जिल्लामा आज (असोज ८ गते) आकस्मिक बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशका केही साना तथा ठूला नदीमा पानीको बहाव उल्लेख्य रूपमा बढ्ने सम्भावना रहेको छ ।

महाशाखाले पाल्पा, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, प्युठान, दाङलगायतका जिल्लाबाट बहने स–साना नदी तथा खोलामा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान गरेको छ । ती जिल्लामा आकस्मिक बाढीको उच्च जोखिम रहेको महाशाखाले जनाएको छ ।

यस्तै, ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, तेह्रथुम, धनकुटा, संखुवासभा, भोजपुर, खोटाङ, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली, ओखलढुंगा, सोलुखुम्बु, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर र ललितपुरलगायतका जिल्लाबाट बहने स-साना नदीमा समेत पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान गरिएको छ ।

मकवानपुर, रौतहट, बारा, पर्सा, रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, तनहुँ, कास्की, लमजुङ, स्याङ्जा, मनाङ, मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत, रुकुम पूर्व, रुकुम पश्चिम, रोल्पा, सल्यान, बाँके, बर्दिया, सुर्खेत, दैलेख, जाजरकोट, जुम्ला र कालीकोटलगायतका जिल्लामा बहने स-साना नदी तथा खोलामा पनि बहाव उल्लेख्य बढ्ने महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार ताप्लेजुङदेखि कालीकोटसम्मका विभिन्न ५९ जिल्लामा आज आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ । वर्षा जारी रहेकाले नदी तथा खोलाको आसपासका बस्तीमा बसोबास गर्ने तथा यात्रा गर्ने सर्वसाधारणलाई सतर्क रहन र सम्भावित जोखिमबाट जोगिन आवश्यक सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।

प्रकाशित मिति : ८ आश्विन २०८३, बिहिबार  १० : ४८ बजे

सुन र चाँदीको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा

कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड १ लाख ९० हजार क्युसेक, २४ ढोका खोलिए

सुनसरी । पूर्वी पहाडी तथा तराईका जिल्लामा लगातार भइरहेको वर्षाका

४० मेगावाटको राहुघाट जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण प्रणालीमा जोडियो

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावर लिमिटेडले

बेनी-जोमसोम-कोरला सडकमा राति गाडी चलाउन नपाइने

मुस्ताङ । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडकमा यही असोज

काठमाडौं जोड्ने राजमार्ग बन्द : यातायात आवागमन ठप्प

काठमाडौं । विभिन्न राजमार्ग बन्द हुँदा सार्वजनिक सवारीसाधन काठमाडौंमै रोकिएका