८ आश्विन २०८३, बिहिबार | September 24, 2026

पाल्पा र कपिलवस्तुमा भारी वर्षा, आजदेखि अझ बढ्ने पूर्वानुमान



काठमाडौं । बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले काठमाडौं उपत्यकासहित देशका अधिकांश क्षेत्रमा वर्षा भइरहेको छ । मौसमविद्का अनुसार आजदेखि वर्षाको क्षेत्र र मात्रा थप बढ्ने तथा केही स्थानमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना छ ।

नेपाल मौसम विज्ञान विभागका अनुसार पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै वर्षा लुम्बिनी प्रदेशका पाल्पा र कपिलवस्तुमा भएको छ । समाचार तयार पार्दासम्म पाल्पाको बल्ड्याङगढी वर्षामापन केन्द्रमा १२८.६ मिलिमिटर र कपिलवस्तुको भगवानपुरमा १२२ मिलिमिटर वर्षा मापन गरिएको छ । कपिलवस्तुकै शिवराज नगरपालिकास्थित मैनार वर्षामापन केन्द्रमा ११७ मिलिमिटर वर्षा भएको विभागले जनाएको छ ।

गण्डकी प्रदेशका तनहुँ, कास्की र स्याङ्जालगायत जिल्लामा पनि वर्षा भइरहेको छ । मौसमविद्का अनुसार न्यूनचापीय प्रणालीको प्रभाव देशभर देखिए पनि लुम्बिनी र गण्डकी प्रदेशमा तुलनात्मक रूपमा बढी असर पर्ने सम्भावना छ । पूर्वदेखि पश्चिम तथा हिमालदेखि तराईसम्मै सतर्कता अपनाउनुपर्ने उनीहरूको भनाइ छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आजदेखि वर्षाको क्रम थप बढ्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा मधेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ ।

त्यस्तै, कोशी र बागमती प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । मधेश र कोशी प्रदेशका तराई भू-भागका केही स्थानमा हावाहुरीसमेत चल्नसक्ने पूर्वानुमान गरिएको छ ।

आइतबारसम्म देशका धेरै स्थानमा ठूलो वर्षा हुने सम्भावना रहेकाले पहाडी क्षेत्रमा पहिरो तथा नदी र खोलामा बाढी आउनसक्ने जोखिम रहेको महाशाखाले जनाएको छ ।

वर्षाका कारण सडक तथा हवाई यातायातसमेत प्रभावित हुनसक्ने भएकाले यात्रा गर्दा आवश्यक सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ । विशेषगरी नदी तथा खोला किनार, पहिरोको जोखिम भएका क्षेत्र र डुबान हुनसक्ने स्थानमा बसोबास गर्ने नागरिकलाई मौसमसम्बन्धी आधिकारिक सूचना लिएर सतर्क रहन आग्रह गरिएको छ ।

प्रकाशित मिति : ८ आश्विन २०८३, बिहिबार  ७ : ३८ बजे

भारी वर्षाको सम्भावनापछि गुल्मीको कालीगण्डकी गाउँपालिकाका विद्यालय दुई दिन बन्द

गुल्मी । सम्भावित भारी वर्षाका कारण गुल्मीको कालीगण्डकी गाउँपालिकाले गाउँपालिकाभित्रका

प्रधानमन्त्री शाह मंसिर पहिलो साता भारत भ्रमण गर्ने तयारी

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आगामी नोभेम्बरको तेस्रो साता अर्थात्

जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण जोखिममा रहेका

एसियाली खेलकुदमा पुरुष क्रिकेट आजदेखि, नेपालले भोलि अफगानिस्तानसँग खेल्ने

काठमाडौं । २० औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटका खेल आजदेखि

संघीय संसद्का दुवै सदनको बैठक बस्दै, पाँच संसदीय समितिको पनि बैठक

काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।