५ आश्विन २०८३, सोमबार | September 21, 2026

धम्बोझीदेखि नन्दनी मिलसम्म सडक स्तरोन्नतिका लागि टेण्डर आह्वान



नेपालगन्ज । नेपालगन्ज–गुलरिया सडकखण्डअन्तर्गत नेपालगन्जको धम्बोझी चोकदेखि नन्दनी मिलसम्मको सडक स्तरोन्नति गर्न टेण्डर आह्वान गरिएको छ ।

सडक विभागअन्तर्गत हुलाकी राजमार्ग निर्देशनालय, हुलाकी राजमार्ग आयोजना कार्यालय नेपालगन्ज, बाँकेले सडक स्तरोन्नतिका लागि बोलपत्र आह्वान गरेको हो । कार्यालयले प्रकाशित गरेको सूचना अनुसार धम्बोझी चोकदेखि नन्दनी मीलसम्मको करिब १.९२ किलोमिटर सडकखण्ड स्तरोन्नति गरिनेछ ।

बोलपत्रका लागि बिड सेक्युरिटी रकम १ करोड ११ लाख ७० हजार रुपैयाँ तोकिएको छ । बोलपत्रमा सहभागी हुन इच्छुक निर्माण व्यवसायीको औसत वार्षिक कारोबार कम्तीमा ३८ करोड ७० लाख रुपैयाँ हुनुपर्नेछ भने समान प्रकृतिको कामको अनुभवको मूल्य कम्तीमा २३ करोड ३० लाख रुपैयाँ बराबरको हुनुपर्ने सूचनामा उल्लेख छ ।

त्यस्तै, बोलपत्रका लागि मुख्य कार्यअन्तर्गत अक्स्फाल्ड कंक्रेट (डीसीएम) उत्पादन क्षमता प्रतिवर्ष ३ हजार १३४ घनमिटर तोकिएको छ । कार्यालयले प्रकाशित गरेको सूचनाअनुसार बोलपत्र दस्तावेज खरिद गर्ने अन्तिम मिति २०८३ असोज २६ गते कार्यालय समयसम्म रहेको छ । बोलपत्र २०८३ असोज २७ गते दिउँसो १२ बजेसम्म हुलाकी राजमार्ग आयोजना कार्यालय, नेपालगन्जमा बुझाउनुपर्नेछ । सोही दिन दिउँसो १ बजे बोलपत्र खोलिने सूचनामा उल्लेख छ ।

नन्दनी मीलबाट बर्दियाको सदरमुकाम गुलरियासम्मको सडक यसअघि नै स्तरउन्नतीसहित ४ लेन बनिसक्दा नेपालगन्जको धम्बोझी चोकबाट नन्दनी मीलसम्म्को सडक जिर्ण अवस्थामा रहँदै आएको थियो । यसअघि सडकको स्तरउन्नतीका लागि अतिक्रमण हटाउन कार्यालयले सूचना जारी गरेसँगै अधिकांस स्थानीयबासीले सडक क्षेत्रको अवरोध स्वस्फुर्त हटाएका थिए । सोही सडकको सडक सीमामा पर्ने नेपाल राष्ट्र बैंकले टेण्डर प्रक्रिया कार्यान्वयनमा आउने बेला सम्म अवरोध हटाउने प्रतिबद्धता आएको जनाइएको छ ।

 

प्रकाशित मिति : ५ आश्विन २०८३, सोमबार  ९ : ०६ बजे

त्रिपुरेश्वर बस आगजनीका सम्बन्धमा छानबिन समिति गठन

काठमाडौँ । त्रिपुरेश्वरमा आज बसमा भएको आगजनीको सम्बन्धमा सत्यतथ्य पत्ता

भोटेकोशी बाढी : पर्यटन क्षेत्रमा रु ५२ अर्बभन्दा बढीको क्षति

काठमाडौँ । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

कांग्रेस १५औँ महाधिवेशन : ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन

शिक्षकका राजनीतिक गतिविधिमाथि निगरानी बढाउन निर्देशन

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले राजनीतिक दलका गतिविधिमा संलग्न

धम्बोझीदेखि नन्दनी मिलसम्म सडक स्तरोन्नतिका लागि टेण्डर आह्वान

नेपालगन्ज । नेपालगन्ज–गुलरिया सडकखण्डअन्तर्गत नेपालगन्जको धम्बोझी चोकदेखि नन्दनी मिलसम्मको सडक