१२ आश्विन २०८३, सोमबार | September 28, 2026

कोरलाका ४६ स्थानमा पहिरो, सडक पूर्ण रूपमा सञ्चालन हुन एक साता लाग्ने



मुस्ताङ । उत्तर-दक्षिण जोेड्ने राष्ट्रिय गौरवको बेनी-जोमसोम-कोरला खण्डका ४६ स्थानमा भारी वर्षाका कारण आएको बाढीपहिरो र नदी कटानले क्षति पुर्‍याएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी अजिता शर्माको अध्यक्षतामा आज जिल्ला प्रशासन कार्यालयमा बसेको विपद् व्यवस्थापन समितिको बैठकमा कोरला सडकका आयोजना प्रमुख तेजस्वी शर्माले सडक पूर्ण रूपमा सञ्चालन हुन एक साताभन्दा बढी समय लाग्ने बताए ।

जिल्लास्थित विभिन्न सरोकार भएका निकायका प्रतिनिधिको उपस्थितिमा बसेको बैठकमा असोज ८ देखि ११ गतेसम्म भारी वर्षा र हिमपातले पुर्‍याएको क्षति तथ्याङ्क प्रस्तुत गर्दै कोरला सडकका आयोजना प्रमुख शर्माले पर्वत-मालढुङ्गा खण्डमा पाँच, बेनीबाट म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ रुप्सेसम्म १६, म्याग्दी र मुस्ताङको सिमाना काभ्रेभिरबाट जोमसोम हुँदै कोरलानाकासम्मको विभिन्न २५ ठाउँमा लेदो र ग्रेगानसहितको बाढीपहिरो र नदी कटानले क्षति पुर्‍याएको जानकारी दिए ।

आयोजना प्रमुख शर्माका अनुसार भारी वर्षाका कारण आएको बाढीपहिराले कोरलानाका सडकको पर्वत-मालढुङ्गा सडकखण्डको लाटीखोला, फर्से, जुकेखोला, केराबारी र लामाखेत सडकमा क्षति पुगेको छ । म्याग्दीको बेनीबाट अन्नपूर्ण गाउँपालिका-३ रुप्सेसम्मको सडकखण्डअन्तर्गत गलेश्वर, रघुगङ्गा पुल, बैसरी एक, बैसरी दुई, बैसरी तीन, बेगखोला, महभिर, भिरकाटे, पोखरेबगर, तातोपानी, नारच्याङ, जलथले, सुकेबगर, खामभित्ता, दाना, लाटो खोला, रुप्से खोलालगायत सडकमा लेदोसहितको बाढीपहिरो र नदी कटानले सडक संरचनामा ठूलो क्षति पुगेको उनले बैठकमा जानकारी दिए ।

त्यसैगरी म्याग्दी र मुस्ताङको सिमाना काभे्रभीरबाट कोरलानाकासम्मका सडक पनि आंशिक तथा मध्यम क्षति पुगेको प्रमुख शर्माको भनाइ छ । उनका अनुसार म्याग्दी-मुस्ताङ सिमाना काभ्रेभिरबाट मुस्ताङखण्डको खहरे खोला, घाँसा, कैकु खोला, लेते खोला, मार्फा, पान्डा खोला, एक्लेभट्टी, कागबेनी, तिरीबारी, ग्रीन ताङ्वे, ताङ्वे खोला एक, ताङ्वे खोला दुई र छुसाङ खोलामा क्षति पुगेको छ ।

यस्तै बाढीपहिरोले मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-३ को घ्याकर खोला, चैले, समर खोला, झो खोला, स्याङवचे, घमी, चराङ, छोसेर र नेपाल-चीन सिमाना नजिकै रहेको लोमान्थाङ गाउँपालिका-४ न्हेचुङस्थित मुस्ताङ भन्सार कार्यालयलगायत स्थानको सडकमा क्षति पुगेको आयोजनाले प्रमुख शर्माले बैठकमा उल्लेख गरे । बैठकमा सडकको अवस्था सडक सञ्चालनसम्बन्धी जानकारी दिँदै उनले म्याग्दी खण्डमा बाढीपहिरो र नदी कटानले केही स्थानमा सडक संरचना पूर्ण रूपमा क्षतिग्रस्त भएका उल्लेख गरे ।

उनले तातोपानी-पोखरेबगर जोड्ने कालीगण्डकी नदीमा निर्मित पक्की पुलको एप्रोज (पहुँचमार्ग) बाढीले क्षति पुर्‍याएको बताए । उनले पर्याप्त जनशक्ति र उपरकणको व्यवस्थापन गर्न सकिएमा एक सातामा सडक पूर्ण रूपमा सञ्चालन गर्न सकिने अवस्था रहेको जानकारी दिए ।

जिल्ला विपद् व्यवस्थापन समिति अध्यक्ष एवं प्रजिअ शर्माले वर्षाले अवरुद्ध कोरला सडकलाई यथाशीघ्र सञ्चालनमा ल्याउने गरी सबै निकायसँग समन्वय र सहजीकरण गरिएको बताइन् । वर्षाले सडक अवरुद्ध भएपछि विभिन्न समस्या देखिन थालेका भन्दै उनले धार्मिक पर्यटकको आवागमन रोकिएकाले सडकलाई उच्च प्राथमिकता राखेर सञ्चालन गर्न सम्बन्धित निकायलाई अनुरोध गरिएको उल्लेख गरिन् ।

प्रकाशित मिति : १२ आश्विन २०८३, सोमबार  १० : ५७ बजे

कोरलाका ४६ स्थानमा पहिरो, सडक पूर्ण रूपमा सञ्चालन हुन एक साता लाग्ने

मुस्ताङ । उत्तर-दक्षिण जोेड्ने राष्ट्रिय गौरवको बेनी-जोमसोम-कोरला खण्डका ४६ स्थानमा

प्रेम तथा शारीरिक सम्बन्धको जालमा पारेर असुली धन्दा गर्ने महिला पक्राउ

नेपालगन्ज । प्रेम तथा शारीरिक सम्बन्धको जालमा पारेर असुली धन्दामा

मौसम खुलेसँगै पोखरा–जोमसोम हवाई सेवा नियमित

मुस्ताङ । भारी वर्षाले अवरुद्ध (पोखरा–जोमसोम) हवाई सेवा आजदेखि सञ्चालन

नारायणीको पुलमा अड्किएको ‘क्रुज’ निकाल्न समस्या, क्रेनको डोरी चुँडियो

नवलपुर । आइतबार साँझ नारायणी नदीको बाढीले बगाएर ल्याएको ‘राइनो

नेपालगन्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी, छ वटा खेल सञ्चालन गर्न सकिने

नेपालगन्ज । शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेलले नेपालगञ्ज