१४ आश्विन २०८३, बुधबार | September 30, 2026

भारतबाट मूल्य बढेर आएपनि पेट्रोलियम पदार्थको मूल्य यथावत



काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राख्ने निर्णय गरेको छ । भारतबाट पेट्रोलमा २०.४४ रुपैयाँ, डिजेलको मूल्य २०.२१ रूपैयाँ र खाना पकाउने ग्यासमा ८१.३२ रुपैयाँले बढेर आएपनि नेपाल आयल निगमले चाडपर्वलाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको हो ।

निगमले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै हालैको बाढीपहिरोले पारेको असर, आउँदै गरेको चाडपर्व तथा आम उपभोक्ताको हितलाई ध्यानमा राखी मूल्य समायोजन नगरी साबिककै मूल्य कायम राखिएको जनाएको छ ।

नयाँ निर्णयअनुसार बजारमा पेट्रोल र डिजेलको मूल्य क्षेत्रअनुसार प्रतिलिटर १९७ रुपैयाँ ५० पैसादेखि २०० रुपैयाँसम्म रहनेछ। यस्तै, खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ नै कायम रहनेछ ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि हुँदा पनि बिक्री मूल्य नबढाउँदा निगमलाई १५ दिनमा करिब ३ अर्ब २० करोड ३८ लाख रुपैयाँ घाटा हुने निगमले विज्ञप्तिमार्फत जनाएको छ ।

प्रकाशित मिति : १४ आश्विन २०८३, बुधबार  ९ : ४९ बजे

भारतबाट मूल्य बढेर आएपनि पेट्रोलियम पदार्थको मूल्य यथावत

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राख्ने

प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप

छ महिने सुत्केरी बिदा प्रस्ताव स्वागतयोग्य

काठमाडौँ । सरकारले हाल कार्यान्वयनमा रहेको प्रसूति बिदा ९८ दिनबाट

हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो

मनाङ । मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिमलुङ हिमालमा गएको हिमपहिरोमा

बुटवल रारा मसला उद्योग बन्द नगर्न उच्च अदालतको अन्तरिम आदेश

बुटवल । उच्च अदालत तुलसीपुर, बुटवल इजलासले बुटवलस्थित बुटवल रारा