११ आश्विन २०८३, आइतबार | September 27, 2026

कांग्रेस १५ औ महाधिवेशन : रुपन्देहीमा संस्थापनमा फर्केर गगन पक्षधर विरुद्ध उम्मेदवारी



बुटवल । विशेष महाधिवेशनबाट बैधानिकता पाएर १५ औं महाधिवेशनमा जुटेको गगन थापा नेतृत्वमा रहेको नेपाली कांग्रेसका कतिपय जिल्लाहरुमा विशेष महाधिवेशनको विपक्षमा रहेकाहरुले पालिका स्तरको निर्वाचनमा जित हासिल गरेका छन् । रुपन्देहीको बिभिन्न स्थानीयतहमा विशेष महाधिवेनको विपक्षमा लागेका नेताहरुले पार्टीको आन्तरिक निर्वाचनमा सफलता हासिल गरेका हुन् ।

विशेष महाधिवेशन पछि गगन नेतृत्वमा खुलेका कांग्रेस नेता बालकृष्ण खाँणले रुपन्देहीका कतिपय स्थानीयतहमा सुरुदेखि गगनलाई साथ दिँदै आएका नेताहरुको विपक्षमा उम्मेदवारी दिएर जित आफ्नो पक्षमा पारेका छन् । खाँणले सिद्धार्थनगर, तिलोत्तमा, सुद्धोदनलगायतका पालिकाहरुमा गगन निकटका उम्मेदवारहरुलाई पराजित गर्दै आफु निकट उम्मेदवारहरुलाई जिताएका हुन् ।

रुपन्देहीमा पालिका नेतृत्वमा जितेका मध्य सिद्धार्थनगर नगरपालिकामा देवराज न्यौपाने, तिलोत्तमा नगरपालिकामा नारायण ढकाल र शुद्धोधनमा दामोदर पौडेल विशेष महाधिवेशनको विपक्षमा रहेर पछि मात्र गगन नेतृत्वको कांग्रेसमा समाहित भएका हुन् ।

पालिका अधिवेशनबाट बुटवल उपमहानगरपालिकाको सभापतिमा ज्योति भण्डारी, सैनामैना नगरपालिकामा विमल ज्ञवाली, देवदह नगरपालिकामा अमर लामिछाने भने निरन्तर गगन थापालाई सघाउँदै आएका नेताहरुमा पर्छन् । लुम्बिनी सांस्कृतिक नगरपालिकामा वीरेन्द्रबहादुर त्रिपाठी, मर्चवारीमा जनार्दन यादव सुरुदेखि गगनलाई साथ दिएका नेता हुन् । कञ्चनमा टेकबहादुर गुरुङ, गैडहवामा योगेन्द्रप्रसाद चौधरी, रोहिणीमा अकवाल खाँ पनि विशेष महाधिवेशन कै पक्षमा उभिएका नेता हुन् ।

सियारीमा सूर्यनारायण यादव, ओमसतियामा अखिलेश्वर पाण्डे, मायादेवीमा अकलेस यादव, कोटहीमाईमा राजेन्द्रप्रसाद यादव भने खाँण निकट नेताहरु हुन् । उनीहरुले गगन पक्षधर नेताका विरुद्ध उम्मेदवारी दिएर जित हासिल गरेका छन् ।

विशेष महाधिवेन असफल बनाउन कम्मर कसेर लागेका नेताहरु अहिले गगन थापाकै फोटो राखेर लगातार गगनलाई साथ दिएका नेताहरुका विरुद्ध उम्मेदवारी दिन आएको नाम नछाप्ने शर्तमा रुपन्देही कांग्रेसका एक नेताले बताए । संस्थापन समूहमा आएर यसैभित्र फुट पार्ने षडयन्त्र पनि हुन सक्ने ति नेताले अनुमान गरे ।

प्रकाशित मिति : ११ आश्विन २०८३, आइतबार  १ : १६ बजे

नारायणीको जलसतह हालसम्मकै उच्च

नारायणगढ । नारायणी नदीमा आज जलसतह ११ दशमलव ९४ मिटर

चोलेन्द्रलाई भेट्न नदिने प्रहरीमाथि छानबिन गर्न मानव अधिकार आयोगको निर्देशन

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको अवस्थाबारे

नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक

नवलपुर । नारायणी नदीको बहाव उच्च भएपछि पुलमा ठूला सवारीसाधन

मनाङको हिम्लुङ हिमालमा हिमपहिरो, १० जना सम्पर्कबिहीन

काठमाडौं । मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा हिमपहिरो जाँदा

नारायणगढ–मुग्लिन सडक सुचारु, पृथ्वी राजमार्ग सञ्चालनमा ल्याउन प्रयास जारी

चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । अविरल वर्षाका