१५ आश्विन २०८३, बिहिबार | October 1, 2026

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित भलिबल : नेपाल पुलिस, खैरा र सभापोखरी सेमिफाइनलमा



बुटवल । विभागीय टोलीको नेपाल पुलिस क्लब, खैरा भलिबल क्लब पन्जाब र सभापोखरी भलिबल क्लब बुटवलमा जारी दोस्रो मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ्ग शिल्ड पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

बुटवलको बिआइसिसी सम्मेलन केन्द्रमा बुधबार भएको समूह ‘ए’ को अन्तिम खेलमा पुलिसले मणिमुकुन्द भलिबल क्लबलाई ३-२ को सेटमा हरायो । रोमाञ्चक खेलमा पुलिसले मणिमुकुन्द २५-२०, २३-२५, २५-२०, १८-२५, १५-१२ को जित निकालेको हो । लगातार तेस्रो जित निकालेको पुलिस समूह विजेता बन्यो ।

यस समूहबाट खैरा भलिबल क्लब उपविजेता बन्दै अन्तिम चारमा पुगेको छ । बिहीबार नै भएको खेलमा खैराले श्रीलंका पुलिस क्लबलाई ३-१ को सेटमा हरायो । खैराले श्रीलंका पुलिसमाथि २५-२०, २५-२०, १९-२५, २५-१७ को जित निकालेको हो । हारसँगै मणिमुकुन्द र श्रीलंका पुलिस प्रतियोगिताबाट बाहिरिएको छ ।

यस्तै समूह ‘बी’ को खेलमा लगातार दोस्रो जित निकाल्दै सभापोखरी भलिबल क्लब सेमिफाइनलमा पुग्न सफल भयो । सभापोखरी क्लबले एपिएफ क्लबलाई ३-१ को सेटमा हरायो । भारतीय खेलाडीको साथ पाएको सभापोखरीले एपिएफमाथि २४-२६, २५-१९, २५-२०, २०7११ को जित निकालेको थियो ।

यस्तै, दिनको अन्तिम खेल भने पूरा हुन सकेन। एपीएफ र गुजरात स्पोर्टिङ क्लबबीचको लिग चरणको अन्तिम खेलमा दुवै टोलीले समान १-१ सेट जितेपछि सहमतिमै खेल स्थगित गरिएको हो।

दुवै टोलीले बाँकी खेल भोलि पूरा गर्ने सहमति गरेसँगै सेमिफाइनल पुग्ने एक टोलीको टुंगो लाग्न बाँकी छ। सेमिफाइनलका खेल पनि भोलि नै हुनेछन् ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमीले आयोजना गरेको प्रतियोगितामा विदेशका तीन र नेपालको चार गरी सात टोलीले भाग लिएका थिए । असोज १७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टोलीले रनिङ्ग शिल्डसहित सात लाख रुपैयाँ र उपविजेताले तीन लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।

यस्तै तेस्रो हुनेलाई एक लाख ७५ हजार रुपैयाँ तथा सान्त्वना पुरस्कार स्वरुप ७५ हजार रुपैयाँ, कप, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक एकेडेमीका अध्यक्ष ध्रुब आचार्यले जानकारी दिए ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई १५ हजार रुपैयाँ, ब्यक्तिगत विधातर्फ उत्कृष्ट स्पाइकर, सेटर, सर्भर, ब्लकर, डिफेन्डर र उत्कृष्ट प्रशिक्षकलाई जनही आठ हजार रुपैयाँसहित सम्मान गरिने छ ।

प्रकाशित मिति : १५ आश्विन २०८३, बिहिबार  ७ : १२ बजे

मनाङमा अलपत्र १६ पर्यटकको उद्धार

लमजुङ । मनाङमा अलपत्र परेका १६ जना इन्डोनेसियाली पर्यटकलाई आज

हिम्लुङ हिमपहिरोमा १५ जनाको शव भेटियो, एकको खोजी जारी

मनाङ । मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा गएको हिमपहिरोमा

भोटेकोशी र कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रियसभाले बनायो छुट्टै विशेष समिति

काठमाडौं । संयुक्त संसदीय समिति गठनमा सहमति नजुटेपछि राष्ट्रियसभाको आफ्नै

प्रतिनिधिसभा : तीन विधेयक दफाबार छलफलका लागि समितिमा

काठमाडौं । प्रतिनिधिसभाले आर्थिक विषयसँग सम्बन्धित तीन विधेयक दफाबार छलफलका