१५ आश्विन २०८३, बिहिबार | October 1, 2026

नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स



काठमाडौँ । नेपाल टेलिकमले एनटी फाइबरमार्फत उपलब्ध गराउँदै आएको एनटिटिभी सेवाका लागि भर्चुअल सेट–टप बक्स सञ्चालनमा ल्याएको छ । कम्पनीले आजदेखि एन्ड्रोइड टेलिभिजनमा प्रयोग गर्न मिल्ने भर्चुअल सेट–टप बक्स उपलब्ध गराएको हो । यससँगै स्मार्ट टेलिभिजन प्रयोगकर्ताले छुट्टै भौतिक सेट–टप बक्सबिना एनटिटिभी सेवा प्रयोग गर्न सक्नेछन् ।

टेलिकमद्वारा आज जारी प्रेस विज्ञप्तिअनुसार ग्राहकले आफ्नो एन्ड्रोइडमा आधारित स्मार्ट टेलिभिजनमा गुगलप्ले स्टोरमार्फत ‘स्मार्ट एनटिटिभी’ खोजी गरी सेवा प्रयोग गर्न सक्नेछन् ।

कम्पनीले आगामी दिनमा अन्य स्मार्ट टेलिभिजनमा पनि प्रयोग गर्न मिल्ने गरी सेवा विस्तार गर्ने जनाएको छ । नयाँ सेवाग्राहीले भर्चुअल सेट–टप बक्ससहितको योजना लिएमा रु एक हजार छुट पाउने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

नेपाल टेलिकमले एनटी फाइबरमार्फत एउटै तारबाट टेलिफोन, उच्च गतिको इन्टरनेट र टेलिभिजन सेवा उपलब्ध गराउँदै आएको छ । कम्पनीले भर्चुअल सेट–टप बक्ससहित विभिन्न टेलिभिजन प्याकेज पनि उपलब्ध गराएको जनाएको छ ।

प्रकाशित मिति : १५ आश्विन २०८३, बिहिबार  ९ : २३ बजे

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौँ । नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँकेका स्थानीय तहमा गरिबीको तह असमान, नरैनापुरमा आधा बढी जनसंख्या गरिबीको रेखामुनी

नेपालगन्ज । बाँकेका आठ स्थानीय तहमा गरिबीको अवस्था असमान रहेको

नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स

काठमाडौँ । नेपाल टेलिकमले एनटी फाइबरमार्फत उपलब्ध गराउँदै आएको एनटिटिभी

कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए

मुस्ताङ । भारी वर्षाका कारण राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडकको ठाउँठाउँमा

देउवा पक्षको वडा अधिवेशनमा पनि गएनन् शेखर कोइराला

काठमाडौं । कांग्रेस नेता शेखर कोइराला संस्थापन र इतर शेरबहादुर