१९ आश्विन २०८३, सोमबार | October 5, 2026

भोटेकोशी बाढी : रसुवाका ४५ विद्यार्थी अझै सम्पर्कविहीन



रसुवा । गत भदौ १० को विनासकारी बाढीका कारण रसुवाका तीन सरकारी र एक निजी विद्यालयका ४५ जना विद्यार्थी अझै सम्पर्कविहीन रहेका छन् ।

शिक्षा तथा समन्वय इकाई धुन्चेका प्रमुख दुर्गाप्रसाद सिलवालका अनुसार बाढीका कारण जिल्लाका चारवटा विद्यालय भवन पूर्ण रूपमा ध्वस्त भएका छन् । बाढीले पूर्ण क्षति पुर्याएका विद्यालयमा नेपाल राष्ट्रिय आधारभूत विद्यालय टिमुरे, मालिकादेवी आधारभूत विद्यालय पैरेबेँसी, चिप्लेटी आधारभूत विद्यालय र मोडर्न ट्रिनिटी इङ्लिस बोर्डिङ स्कुल रहेका छन् ।

सम्पर्कविहीन विद्यार्थीमध्ये नेपाल राष्ट्रिय आधारभूत विद्यालय टिमुरेका २५, मालिकादेवीण् आधारभूत विद्यालयका ११, मोडर्न ट्रिनिटीका आठ र चिप्लेटी आधारभूत विद्यालयका एक जना रहेको इकाई प्रमुख सिलवालले जानकारी दिए ।

बाढीबाट प्रभावित भएका अन्य विद्यार्थीको पठनपाठनलाई निरन्तरता दिन वैकल्पिक व्यवस्था मिलाइएको छ । चिप्लेटीका विद्यार्थीलाई डाँडागाउँ र ठूलोगाउँको स्कुलमा पठाइएको छ । मालिकादेवी आधारभूत विद्यालयका विद्यार्थीलाई नवविजयी मावि भलायडाँडा र ट्रिनिटीका विद्यार्थीलाई नीलकण्ठ माविमा बसोबासको व्यवस्थासहित पठनपाठनको प्रबनध मिलाइएको छ ।

बाढीका कारण गोसाइँकुण्ड, आमाछोदिङ्मो, उत्तरगया र कालिकाका विद्यालय पूर्ण रूपमा बन्द भएका थिए । नौकुण्ड गाउँपालिकामा भने गत भदौ ११ गतेदेखि नै पठनपाठन सुरु भएको थियो ।

प्रकाशित मिति : १९ आश्विन २०८३, सोमबार  ७ : १० बजे

नर्वेलाई हराउँदै पोर्चुगल नेसन्स लिगको क्वार्टरफाइनलमा

काठमाडौं । युइएफए नेसन्स लिगअन्तर्गत नर्वेविरुद्धको खेलमा पोर्चुगल २-१ ले

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

नारायणगढ । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटनामा परी भरतपुर

इतिहासमा असाेज १९ : ज्ञानेन्द्र शाहले सत्ता हातमा लिएपछि…

काठमाडौं । नेपालको राजनीतिक इतिहासमा असोज १९ गते विभिन्न महत्वपूर्ण

देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै भू-भाग तथा गण्डकी

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको