२२ आश्विन २०८३, बिहिबार | October 8, 2026

चर्चित भारतीय अभिनेता नाना पाटेकरको हृदयाघातका कारण ७५ वर्षको उमेरमा निधन



काठमाडौं । चर्चित भारतीय अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ । बिहीबार बिहान गोवास्थित डोना पाउलाको आफ्नै निवासमा बेहोस अवस्थामा भेटिएका उनलाई तत्काल अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । उनका छोरा मल्हार पाटेकरले निधनको पुष्टि गरेका छन् । चिकित्सकका अनुसार उनलाई हृदयाघात भएको थियो र अस्पतालमा करिब ४५ मिनेटसम्म सीपीआर दिएर बचाउने प्रयास गरिएको थियो ।

नाना पाटेकरको निधन बिहान करिब ५ः२० बजे भएको चिकित्सकले बताएका छन् । उनको निधनपछि हिन्दी तथा मराठी चलचित्र क्षेत्रमा शोक छाएको छ ।

चार दशकभन्दा लामो अभिनय यात्रामा नाना पाटेकरले हिन्दी तथा मराठी चलचित्रमा आफ्नो छुट्टै पहिचान बनाएका थिए । ‘गमन’बाट सन् १९७८ मा चलचित्र क्षेत्रमा प्रवेश गरेका उनले ‘परिन्दा’, ‘प्रहार : द फाइनल अट्याक’, ‘क्रान्तिवीर’, ‘अग्निसाक्षी’, ‘खामोशी : द म्युजिकल’, ‘अब तक छप्पन’, ‘वेलकम’लगायत चलचित्रमा प्रभावशाली अभिनय गरेका थिए । ‘क्रान्तिवीर’ र ‘अग्निसाक्षी’का लागि उनले राष्ट्रिय चलचित्र पुरस्कारसमेत प्राप्त गरेका थिए ।

उनले अभिनयसँगै निर्देशन र रंगमञ्चमा पनि काम गरेका थिए । ‘प्रहार : द फाइनल अट्याक’ उनको निर्देशनमा बनेको चर्चित चलचित्र हो । पछिल्लो पुस्तामाझ भने ‘वेलकम’मा निर्वाह गरेको उदय शेट्टीको भूमिकाले उनलाई अझ लोकप्रिय बनाएको थियो ।

चलचित्र तथा कला क्षेत्रमा पुर्‍याएको योगदानका लागि भारत सरकारले सन् २०१३ मा नाना पाटेकरलाई पद्मश्रीबाट सम्मान गरेको थियो ।

नाना पाटेकर पछिल्लो समय विशाल भारद्वाज निर्देशित ‘ओ’रोमियो’मा देखिएका थिए । शाहिद कपुर र तृप्ति डिमरी मुख्य भूमिकामा रहेको उक्त चलचित्र सन् २०२६ मा प्रदर्शन भएको थियो । यसअघि उनी ‘हाउसफुल–५’ र ‘वनवास’लगायत चलचित्रमा देखिएका थिए ।

नाना पाटेकरको निधनसँगै भारतीय चलचित्र क्षेत्रमा चार दशकभन्दा लामो उनको विशिष्ट अभिनय यात्रा टुङ्गिएको छ ।

प्रकाशित मिति : २२ आश्विन २०८३, बिहिबार  ९ : ३४ बजे

परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाका विदेशमन्त्री सिनेटर पेनी

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य रु ५०० ले

कांग्रेस १५ औँ महाधिवेशन : मतदान दिउँसो १ बजेको लागि सर्‍याे

काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका

वातावरण संरक्षणको सन्देशसहित रोट्रयाक्ट क्लब अफ क्षितिज इन्टरनेसनल कलेजको ‘मास मार्च’

बुटवल । वातावरण संरक्षण तथा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले बुटवलमा

चर्चित भारतीय अभिनेता नाना पाटेकरको हृदयाघातका कारण ७५ वर्षको उमेरमा निधन

काठमाडौं । चर्चित भारतीय अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा