२३ आश्विन २०८३, शुक्रबार | October 9, 2026

कांग्रेस १५ औँ महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि बिहान ७ बजेदेखि मतदान हुँदै



काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि आज शुक्रबार मतदान हुँदैछ । बिहीबारका लागि तय गरिएको मतदान आवश्यक तयारी पूरा नभएको भन्दै आजका लागि सारिएको हो ।

निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले केन्द्रीय कार्यसमिति चयनका लागि शुक्रबार बिहान ७ बजेदेखि मतदान सुरु हुने जानकारी दिएका छन् । आवश्यक तयारी पूरा भए पनि साँझ मतदान सुरु गर्दा रातिको समयमा मतदातालाई असहज हुने भएकाले बिहानदेखि मतदान गर्ने निर्णय गरिएको उनले बताए ।

निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले खराब मौसम, प्राविधिक कारण र ढिलो मतदान सुरु गर्दा मतदातालाई रातिको समयमा पर्न सक्ने कठिनाइलाई ध्यानमा राखेर शुक्रबार बिहान ७ बजेदेखि मतदान सुरु गर्ने निर्णय गरिएको जानकारी दिएका छन् ।

महाधिवेशनमा एक प्रतिनिधिले २३ वटा मतपत्रमा मतदान गर्नुपर्नेछ। मतदानस्थल निर्माणमा संलग्न व्यक्तिहरूका अनुसार एक जनालाई मतदान गर्न करिब ३० मिनेट लाग्ने अनुमान गरिएको छ । निर्वाचन समितिका सदस्य सचिव कटुवालका अनुसार महाधिवेशनमा ७ हजार ३१७ प्रतिनिधि रहेका छन् । बिहान ७ बजेदेखि मतदान सुरु भए दिउँसो ३ बजेसम्म सम्पन्न हुने अनुमान गरिएको छ ।

निर्वाचन समितिले मतदानका लागि काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृह र खुलामञ्चमा मतदान केन्द्र स्थापना गरेको छ । राष्ट्रिय सभागृहमा बागमती प्रदेशका प्रतिनिधिले मतदान गर्नेछन् भने खुलामञ्चमा अन्य प्रदेश तथा विदेशस्थित नेपाली जनसम्पर्क समितिबाट निर्वाचित भएर आएका प्रतिनिधिका लागि व्यवस्था मिलाइएको छ ।

खुलामञ्चस्थित तराई–मधेश हलमा कोशी र मधेश प्रदेशका प्रतिनिधिले मतदान गर्नेछन् भने हिमाल हलमा गण्डकी प्रदेशका प्रतिनिधिका लागि व्यवस्था गरिएको छ । पहाड हलमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै नेपाली जनसम्पर्क समितिबाट आएका प्रतिनिधिले मतदान गर्ने निर्वाचन समितिले जनाएको छ ।

मतदान सम्पन्न भएपछि मतपेटिका संकलन गरी ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा लगिने र त्यहीँ मतगणना सुरु गरिने समितिले जनाएको छ । मतदानअघि प्रत्येक प्रतिनिधिको परिचयपत्र र मतदाता नामावली रुजु गरिनेछ । रुजु प्रक्रिया पूरा भएपछि मात्रै मतदान गर्न पाउने व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : २३ आश्विन २०८३, शुक्रबार  ६ : २५ बजे

‘लमजुङ दरबार’सँगै बाँचेको माया

लमजुङ । ‘गाउँसहरमा लमजुङ दरबार…’ गीतका यी शब्दसँगै लमजुङको साङ्गीतिक

डोको बुन्दै, सीप सिकाउँदै

भोजपुर । भोजपुर नगरपालिका-५ का किसान कृतिमान विष्ट परम्परागत डोको

तटबन्धले सुरक्षित दोधारा चाँदनीको कुतियाकवर

कञ्चनपुर । महाकाली र जोगबुढा नदीमा पक्की तटबन्ध निर्माण भएपछि

विपद् प्रभावित बेनी-जोमसोम कोरला सडकमा यातायात सञ्चालनमा चुनौती

म्याग्दी । कोरलानाका जोड्ने बेनी-जोमसोम-कोरला सडक मर्मतको काम अन्तिम चरणमा

कालीगण्डकी पुलको तनहुँतर्फको पहुँँच सडक पुनर्निर्माण हुँदै

दमौली । अविरल वर्षाका कारण क्षतिग्रस्त तनहुँको घिरिङ र नवलपुरको