२४ आश्विन २०८३, शनिबार | October 10, 2026

बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने



लमजुङ । बाढीपहिरोले क्षति पुर्‍याएको बेँसीसहर-चामे खण्डका संरचना, पक्की सडक तथा पुल निर्माणका लागि एक अर्ब आवश्यक पर्ने भएको छ।

बेँसीसहरबाट चामेसम्मको सडकको समग्र स्तरोन्नतिका लागि भने तीन अर्ब लागत अनुमान गरिएको छ । डुम्रे-बेँसीसहर-चामे सडक आयोजनाले दुवै कामका लागि छुट्टाछुट्टै प्रस्ताव सम्बन्धित मन्त्रालयमा पठाएको आयोजना प्रमुख सतीश सुवेदीले बताए ।

असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षासँगै आएको बाढीपहिरोले ६५ किलोमिटर लामो बेँसीसहर-चामे सडकका ३५ भन्दा बढी स्थानमा क्षति पुर्‍याएको थियो । तीमध्ये छ स्थानमा सडकको ट्र्याक क्षतिग्रस्त भएको थियो ।

रामबजार, नासोँ गाउँपालिका-३ को खोत्रो तथा मनाङको कोतोलगायत स्थानमा बढी क्षति पुगेको आयोजना प्रमुख सुवेदीले बताउनुभयो । विभिन्न स्थानका काठे पुलसमेत बगाएको थियो । बाढीपहिरोका कारण छ दिनसम्म सडक अवरुद्ध भएको थियो । सडक खुलाउन विभिन्न स्थानमा नयाँ ट्र्याक खोल्नुपरेको थियो । “नासोँ गाउँपालिका-३ स्थित खोत्रोमा माथिबाट खसेका ठूला ढुंगा बम ब्लास्टिङ गरी हटाएपछि सडक सञ्चालनमा ल्याइएको थियो । हाल सडक सञ्चालनमा रहे पनि विभिन्न स्थानमा मर्मत तथा स्तरोन्नति गर्नुपर्ने छ”, आयोजना प्रमुख सुवेदीले भने।

पुनर्निर्माणका लागि बजेट माग गर्दै केही दिनअघि सम्बन्धित मन्त्रालयमा प्रस्ताव पठाइएको सुवेदीले बताए । हाल उपलब्ध स्रोतसाधनबाट सडकका विभिन्न स्थानमा सामान्य मर्मत तथा स्तरोन्नति भइरहेको उनको भनाइ छ ।

बाढीपहिरोपछि सडक खुलाउन आयोजना, स्थानीय तह तथा जलविद्युत् आयोजनाका डोजरलगायत उपकरण परिचालन गरिएको थियो । सडक कालोपत्र, आवश्यक स्थानमा ढलान तथा पक्की पुल निर्माणसहित स्तरोन्नति गर्ने लक्ष्य राखिएकाले डिपीआरअनुसार बजेट माग गरिएको उनको भनाइ छ । रासस

प्रकाशित मिति : २४ आश्विन २०८३, शनिबार  ५ : ३२ बजे

निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति

बागलुङ ।बाढीपहिरोबाट जिल्लाको निसीखोला गाउँपालिकामा झण्डै रु १० करोडको क्षति

पहिरोका कारण म्याग्दीको महभिर गाउँ विस्थापित

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-८ मा रहेको महभिर गाउँ पहिरोका

भौतिक विकासले फेरिँदै भोजपुरको च्याङ्ग्रे क्षेत्र

भोजपुर । भौतिक तथा पर्यटकीय संरचना निर्माणले भोजपुरको च्याङ्ग्रे पोखरी

बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने

लमजुङ । बाढीपहिरोले क्षति पुर्‍याएको बेँसीसहर-चामे खण्डका संरचना, पक्की सडक

नागरिकको विश्वास जित्नेगरी कांग्रेसलाई रूपान्तरण गर्छौं : सभापति थापा

ललितपुर । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले नागरिकको विश्वास