२५ आश्विन २०८३, आइतबार | October 11, 2026

बूढीगण्डकी बाढी : गोरखाको जगतबाट ६ जनाको हवाई उद्धार



काठमाडौं । बूढीगण्डकी नदीमा आइतबार बिहान आएको बाढीपछि पहिरोको जोखिममा परेका ६ जनाको नेपाली सेनाले हवाई उद्धार गरेको छ।

नेपाली सेनाका अनुसार गोरखाको जगत इलाकामा पहिरोको जोखिममा रहेका उनीहरूलाई हवाई माध्यमबाट सुरक्षित स्थानमा सारिएको हो।

बाढीपछि प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई तीव्रता दिइएको सेनाले जनाएको छ। उद्धार तथा राहत कार्यका लागि नेपाली सेनाको टोली हवाई र स्थलमार्ग दुवैबाट परिचालन गरिएको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ।

बूढीगण्डकी नदीमा आएको बाढी र पहिरोको जोखिमलाई ध्यानमा राख्दै प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्य जारी रहेको सेनाले जनाएको छ।

प्रकाशित मिति : २५ आश्विन २०८३, आइतबार  १० : ३८ बजे

बुटवलको कालिकानगरबाट पुनः सञ्चालनमा आयो पवन मिष्ठान भण्डार

बुटवल । पवन मिष्ठान भण्डारले बुटवलबाट पुनः आफ्नो सेवा सञ्चालनमा

बूढीगण्डकी बाढी : गोरखाको जगतबाट ६ जनाको हवाई उद्धार

काठमाडौं । बूढीगण्डकी नदीमा आइतबार बिहान आएको बाढीपछि पहिरोको जोखिममा

बुढीगण्डकीको बाढीले त्रिशूलीमा जोखिम बढ्यो, बेनीघाटसम्म अति उच्च जोखिम

काठमाडौं । बूढीगण्डकी नदीमा पानीको सतह खतराको तहभन्दा माथि पुगेपछि

सेनाको उद्धार टोली बूढीगण्डकी बाढी प्रभावितस्थलमा

काठमाडौं । बूढीगण्डकीको आकस्मिक बाढीबाट प्रभावित क्षेत्रमा नेपाली सेनाको उद्धार

बूढीगण्डकीको बाढीले आरुघाट जोड्ने पक्की पुल बगायो, बजार खाली

काठमाडौं । बूढीगण्डकी नदीमा आइतबार बिहान आएको भीषण बाढीले गोरखाको