४ कार्तिक २०८३, बुधबार | October 21, 2026

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने



काठमाडौं । बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करण पोखरा एभेन्जर्सबाट खेल्ने भएका छन्।

पोखराले उनलाई आज टोलीमा अनुबन्ध गरेको जनाएको हो । ‘‘बङ्गलादेशका उत्कृष्ट अलराउन्डर तथा आइसिसी टी–२० अन्तरराष्ट्रिय बलिङ बरियतामा आठौँ स्थानमा रहेका हसन एनपिएलको तेस्रो संस्करणमा एभेन्जर्सको जर्सीमा खेल्न छन्,’’ पोखराले आज सामाजिक सञ्जाल फेसबुक पेजमा लेखेको छ ।

३१ वर्षीय मेहदीले हालसम्म बङ्गलादेशका ७८ टी–२० अन्तरराष्ट्रिय र १२ एकदिवसीय अन्तरराष्ट्रिय खेल खेलेका छन् । उनले टी–२० मा ७८ र एकदिवसीयमा १५ विकेट लिएका छन् ।

मेहदीले विभिन्न छवटा टोलीबाट बङ्लादेश प्रिमियर लिग ९बिपिएल० समेत खेलेका छन् । एनपिएल उनका लागि पहिलो विदेशी लिग हुनेछ । पोखराले तेस्रो संस्करणको एनपिएलका लागि बङ्लादेशका पूर्वकप्तान शाकिब अल हसनलाई पनि अनुबन्ध गरिसकेको छ ।

एनपिएलको तेस्रो संस्करण कात्तिक ९ गतेदेखि काठमाडौँमा आयोजना हुँदैछ ।

प्रकाशित मिति : ४ कार्तिक २०८३, बुधबार  ८ : ३८ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौँ । आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

पश्चिम नेपालका कम्युनिष्ट अगुवा बाबुराम गौतमको निधन

खजुरा । बाँकेका कम्युनिष्ट अगुवा तथा पूर्व प्रदेश सभा सदस्य

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं । बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)को

एयर पेस्तोल देखाई मार्ने धम्की दिने एक जना पक्राउ

नेपालगन्ज । बाँकेको बैजनाथ गाउँपालिका–८ टिटिरियामा एयर पेस्तोल देखाई मार्ने

फ्रान्समा हिंसा बढ्दा पर्यटक र पर्यटन व्यवसायी चिन्तित

पेरिस । फ्रान्सका विभिन्न सहरमा भएका दङ्गाका दृश्य विश्वभर फैलिएपछि