५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

आईसीसी विश्वकप छनोटको प्लेअफ नेपालमा हुने



काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटअन्तर्गतको प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले आगामी डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता नेपालमा आयोजना गरिने जानकारी दिएको हो।

क्यानले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत आईसीसी मेन्स क्रिकेट वर्ल्डकप क्वालिफायर प्लेअफ नेपालमा आयोजना हुने जनाएको छ।

उक्त प्रतियोगिता आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ (सीडब्लुसीएल–२) मा अन्तिम स्थानमा रहने चार टोली तथा आईसीसी क्रिकेट विश्वकप च्यालेन्ज लिग ए र बीका शीर्ष स्थान हासिल गर्ने दुई–दुई टोली गरी कुल आठ टोलीको सहभागितामा सञ्चालन हुने क्यानले जनाएको छ।

प्रतियोगितामा शीर्ष चार स्थान हासिल गर्ने टोलीले सन् २०२७ मा दक्षिण अफ्रिका र नामिबियामा आयोजना हुने ५० ओभरको आईसीसी पुरुष क्रिकेट विश्वकप छनोट प्रतियोगितामा स्थान बनाउनेछन्।

नेपालमा प्रतियोगिता आयोजना हुने भएपछि नेपाली क्रिकेट समर्थकले आफ्नै मैदानमा अन्तर्राष्ट्रिय टोलीबीचको प्रतिस्पर्धा हेर्ने अवसर पाउनेछन्। यसले नेपालमा क्रिकेटको विकास र अन्तर्राष्ट्रिय खेलकुद पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

यसैगरी, नेपाल र भारत ‘ए’ बीच निर्धारित क्रिकेट शृङ्खलासम्बन्धी विषयमा भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) र क्यानबीच आपसी समन्वय तथा सहमतिमा निर्णय गरिने पनि क्यानले जनाएको छ । यसअघि सो प्रतियोगिता डिसेम्बर ९, ११ र १३ मा हुने तय भएको थियो ।

प्रकाशित मिति : ५ कार्तिक २०८३, बिहिबार  ८ : ३५ बजे

अम्बे स्टिल उद्योगको फर्नेस आयल ट्यांकीमा आगलागी

नेपालगन्ज । बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल कम्पनीमा आगलागी

नेपालगन्जमा रामलीला : ४५ फिट अग्लो रावणको पुतला दहन

नेपालगन्ज । नेपालगन्जमा जारी १६९ औं रामलीला मञ्चन समारोह रावणको

अमेरिकाद्वारा इरानमाथि नयाँ हमलाको तयारी, कडा प्रतिकार गर्ने इरानको चेतावनी

वासिङ्टन । अमेरिकाले मध्यावधि निर्वाचनपछि इरानमाथि नयाँ आक्रमण गर्ने सम्भावनाबारे

पर्सामा एक महिना एक सय ११ अपराधका घटना दर्ता

वीरगन्ज । पर्सामा पछिल्लो महिनामा विभिन्न प्रकृतिका एक सय ११

साउदी अरबको दमाम विमानस्थलमा आक्रमण, एकको मृत्यु र आठ घाइते

काठमाडौं । साउदी अरबको पूर्वी सहर दमामस्थित किङ फहद अन्तर्राष्ट्रिय