काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल० को तेस्रो संस्करणमा चितवन राइनोजका इंग्लिस ब्याटर डेविड मलानले पहिलो अर्धशतक प्रहार गरेका छन् ।
त्रिवि क्रिकेट मैदानमा विराटनगर किंग्सविरुद्ध जारी खेलमा ओपनर मलानले ४१ बलमा अर्धशतक पूरा गरेका हुन् । उनले ५ चौका र ५ छक्काको मद्दतमा ५१ बलमा ७० रन बनाए ।
३९ वर्षीय मलानलाई यसै सिजन चितवन राइनोजले टोलीमा भित्र्याएको हो । आक्रामक ब्याटिङ गरिरहेका उनलाई विराटनगर किंग्सका आन्द्रे रसेलले आउट गरेका हुन् । रसेलले १३ ओभरको दोस्रो बलमा मलानको विकेट लिएका थिए ।
पहिले ब्याटिङ गरिरहेको चितवनले मलान आउट हुँदासम्म बलियो सुरुवात गरेको थियो । १३ ओभरको दोस्रो बलमा ९० रन बनाउँदा चितवनले तीन विकेट गुमाएको थियो ।
मलानको अर्धशतकसँगै चितवनले प्रतियोगिताको यस सिजनमा पहिलो अर्धशतक बनाउने टोलीको कीर्तिमानसमेत आफ्नो नाममा लेखाएको छ ।

















प्रतिक्रिया