१० कार्तिक २०८३, मंगलबार | October 27, 2026

साउदी अरबमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन दूतावासको आग्रह



काठमाडौं । साउदी अरबमा बसोबास तथा रोजगारी गरिरहेका नेपाली नागरिकलाई रियादस्थित नेपाली दूतावासले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

दूतावासले मंगलबार सूचना जारी गर्दै सुरक्षा सावधानी अपनाउन, स्थानीय प्रशासन तथा आधिकारिक निकायबाट जारी निर्देशन पालना गर्न र अपुष्ट सूचना सम्प्रेषण नगर्न नेपाली नागरिकलाई अनुरोध गरेको हो ।

दूतावासले सुरक्षा सतर्कतासम्बन्धी चेतावनी जारी भएको अवस्थामा अनावश्यक रूपमा बाहिर ननिस्कन तथा स्थानीय प्रशासनले जारी गरेका सूचनालाई नियमित रूपमा अवलोकन गर्न आग्रह गरेको छ ।

त्यस्तै, साउदी अरबको सुरक्षा अवस्थासम्बन्धी आधिकारिक निकायबाट पुष्टि नभएका समाचार, सूचना, तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा पोस्ट वा सेयर नगर्न पनि दूतावासले सचेत गराएको छ । अपुष्ट सामग्रीले भ्रम फैलाउन सक्ने भएकाले आधिकारिक स्रोतबाट प्राप्त जानकारीलाई मात्र विश्वास गर्न दूतावासको आग्रह छ ।

साउदी अरबबाट नेपाल वा अन्य मुलुकमा हवाई यात्रा गर्ने तयारीमा रहेका नेपालीलाई पनि दूतावासले विशेष सावधानी अपनाउन अनुरोध गरेको छ । यात्रा गर्नुअघि सम्बन्धित वायुसेवा कम्पनी वा आधिकारिक स्रोतबाट उडानको निर्धारित तालिका र सम्भावित परिवर्तनबारे जानकारी लिन तथा उडानको अवस्था सुनिश्चित भएपछि मात्र विमानस्थलतर्फ प्रस्थान गर्न सुझाव दिइएको छ ।

हुथी विद्रोही समूहको आक्रमणका कारण साउदी अरबमा सुरक्षा सतर्कता बढेको सन्दर्भमा दूतावासले त्यहाँ रहेका नेपाली नागरिकलाई संयमित रहन र आधिकारिक निर्देशनको पालना गर्न आग्रह गरेको हो ।

प्रकाशित मिति : १० कार्तिक २०८३, मंगलबार  २ : ०४ बजे

विराटनगरमाथि चितवनको ८ रनको रोमाञ्चक जित, एनपीएलमा विजयी सुरुवात

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा चितवन राइनोजले

गोलबजारका पूर्वमेयरसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, सवा करोडभन्दा बढीको बिगो माग

सिरहा । सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख (पूर्वमेयर) देवनाथ साह

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

काठमाडौं । नेपाललाई ग्लोबल एलाइन्स फोर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (गाभी)ले

आधुनिक यन्त्रले सहज बन्दै ग्रामीण कृषि

नेपालगन्ज । गाउँगाउँमा परम्परागत खेती प्रणालीलाई आधुनिक प्रविधिले विस्थापित गरेसँगै