११ कार्तिक २०८३, बुधबार | October 28, 2026

पोखरामा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते



पोखरा । पोखरामा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।

मृत्यु हुनेमा अन्नपूर्ण गाउँपालिका–१ ढिकुरपोखरी घर भई पोखरा महानगरपालिका–६ लेकसाइड बस्दै आएका २८ वर्षीय आशिष कुँवर रहेका छन्।

प्रहरीका अनुसार गएराति पोखरा महानगरपालिका–८ सभागृह चोकस्थित सडकमा चिप्लेढुङ्गाबाट सभागृह चोकतर्फ आउँदै गरेको ग १६ प ३६१५ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटनामा परेको थियो। दुर्घटनामा गम्भीर घाइते भएका कुँवरको उपचारका क्रममा मृत्यु भएको हो।

घाइते कुँवरलाई उपचारका लागि अस्पताल लगिएको थियो। प्राप्त विवरणमा उनलाई गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको उल्लेख छ भने अर्को विवरणमा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको जनाइएको छ।

दुर्घटनामा अर्का एक जना पनि घाइते भएका छन्। स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ११ कार्तिक २०८३, बुधबार  ३ : ०५ बजे

परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत

एकताबद्ध र अनुशासित ढङ्गले अगाडि बढ्दा कार्यकर्तामा उत्साह भर्न सकिन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

३३ अंकले बढ्यो नेप्से, साढे सात अर्बको कारोबार

काठमाडौं ।। साताको तेस्रो कारोबार दिन बुधबार नेप्से परिसूचक उच्च

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौं । शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६