१६ कार्तिक २०८३, सोमबार | November 2, 2026

नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न सबै मन्त्रालय तथा निकायलाई निर्देशन



काठमाडौँ । सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को वार्षिक कार्ययोजना र नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न सबै मन्त्रालय तथा निकायलाई निर्देशन दिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज मुख्यसचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा बसेको सचिव बैठकले सरकारी कार्ययोजनाको विस्तृत कार्यान्वयन योजना तयार गरी समयबद्ध रूपमा कार्यान्वयन गर्ने निर्णय गरेको हो ।

बैठकले महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेखित बेरुजु फछ्र्योट तथा न्यूनीकरणका लागि कार्ययोजना बनाउन, उपभोक्ता ठगी, मिसावट र कृत्रिम अभाव नियन्त्रण गर्न सघन बजार अनुगमन गर्न निर्देशन दिएको छ ।

त्यस्तै, तिहार तथा छठमा शान्ति सुरक्षा चुस्त राख्ने, सार्वजनिक खरिदमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिने र सरकारी निर्णय प्रक्रिया (सरलीकरण तथा डिजिटल बनाउने)सम्बन्धी नियमावली, २०८३ कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

नागरिकले सरल, सहज र प्रभावकारी ढंगले सेवा पाउने सुनिश्चितताका लागि नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने कार्यालयमा एकल बिन्दु सेवाको प्रबन्ध गरी नागरिकमैत्री सेवा प्रवाह गर्नुपर्ने बैठकले निर्णय गरेको जनाइएको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०८३, सोमबार  ८ : ३२ बजे

वेस्टर्न अस्पताललाई ट्रमा सेन्टरका रूपमा विकास गरिँदै

नेपालगन्ज । नेपालगञ्जस्थित वेस्टर्न अस्पताललाई ट्रमा सेन्टरका रूपमा विकास गरिने

नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न सबै मन्त्रालय तथा निकायलाई निर्देशन

काठमाडौँ । सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को वार्षिक कार्ययोजना

अक्टोबरमा एक लाख ३२ हजार विदेशी पर्यटक नेपाल भित्रिए

काठमाडौं । सन् २०२६ को अक्टोबरमा एक लाख ३२ हजार

राशिद र करणको विस्फोटक ब्याटिङमा कर्णाली विरुद्ध काठमाण्डुको जित

काठमाडौं । राशिद खान र कप्तान करण केसीको उत्कृष्ट ब्याटिङमा

सशस्त्र प्रहरीबाट ७ महिनाको अवधिमा १ अर्ब ३३ करोड बढीको अबैध सामाग्री बरामद

काठमाडौं । सीमा क्षेत्रमा निगरानी र सुरक्षा व्यवस्था कडा बनाउने