१८ कार्तिक २०८३, बुधबार | November 4, 2026

झिनो अंकले बढ्यो नेप्से, साढे सात अर्बको कारोबार



काठमाडौं । साताको कारोबारको तेस्रो दिन बुधबार  नेप्से परिसूचक सामान्य बढेको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १.४० अंक बढेर २६६५.५३ विन्दुमा पुगेको छ। 

सेन्सेटिभ इण्डेक्स २.६९ अंक, फ्लोट इण्डेक्स ०.४४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९९ अंक घटेको छ। १३ मध्ये चार उपसमूहको परिसूचक बढेको छ । अन्य उपसमूहको परिसूचक सर्वाधिक ६.१८ प्रतिशत बढेको छ। व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी, जीवन बीमा र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य अंक बढेको छ।

नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ। मंगलबार पाँच अर्ब ६५ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो । बुधबार सात अर्ब ४३ करोड ९३ लाख ६६ हजार रुपैयाँबराबरको दुई करोड १२ लाख २३ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

आज श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन कम्पनीको ८५ करोड ८४ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। घोराही सिमेन्ट इण्डष्ट्रीको ५१ करोड रुपैयाँभन्दा बढी र हिमालयन रि इन्स्योरेन्सको कारोबार रकम ३६ करोड रुपैयाँ नाघेको छ।

नेपाल पुनर्बीमा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको सेयरमूल्य १२० रुपैयाँ २० पैसा बढेर ९२१ रुपैयाँ ७० पैसामा अन्तिम कारोबार भएको छ। हिमालयन रि इन्स्योरेन्सको सेयरमूल्य साढे ११ प्रतिशत, श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको सेयरमूल्य साढे ८ प्रतिशत बढेको छ।   

प्रकाशित मिति : १८ कार्तिक २०८३, बुधबार  ३ : २८ बजे

आईजीपी हटाउने निर्णयमा रास्वपा पार्टी र सरकारको भनाइ बाझियो

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने

बर्खास्त आईजीपी कार्की सर्वोच्च जाने मुडमा

काठमाडौं । मन्त्रिपरिषद्को निर्णयबाट प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर

आफूलाई आइजिपीबाट हटाउने बालेनको सुरक्षा सल्लाहकार खालान् कार्की ?

काठमाडौं । सरकारले ३० वर्षपछि प्रहरीमा अर्को ‘कू’ गरेको छ

झिनो अंकले बढ्यो नेप्से, साढे सात अर्बको कारोबार

काठमाडौं । साताको कारोबारको तेस्रो दिन बुधबार  नेप्से परिसूचक सामान्य

मालपोतका नायब सुब्बा एक लाख घुससहित अख्तियारको नियन्त्रणमा

रौतहट । सर्लाहीको मलंगवास्थित मालपोत कार्यालयमा सेवाग्राहीको काम गरिदिने भन्दै