२० कार्तिक २०८३, शुक्रबार | November 6, 2026

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ब्यागेज व्यवस्थापनको ‘लाइभ फिड’ सेवा सुरु



काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा यात्रुको ब्यागेज व्यवस्थापनलाई थप पारदर्शी र व्यवस्थित गर्ने उद्देश्यले ‘लाइभ फिड’ सुरु गरिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार यात्रु आगमन कक्षमा लगेज सङ्कलन क्षेत्रमा लाइभ फिड सुरु गरिएको हो ।

यो सेवाबाट अन्तरराष्ट्रिय उडानमार्फत नेपाल आउने यात्रुले आफ्नो सामान विमानबाट झारिएपछि ब्यागेज बेल्टसम्म आइपुग्ने प्रक्रियाबारे प्रत्यक्ष जानकारी प्राप्त गर्न सक्नेछन् । यसले यात्रुलाई सामानको अवस्थाबारे जानकारी लिन सहज बनाउनुका साथै ब्यागेज प्राप्त गर्न लाग्ने समयको अनुमान गर्नसमेत सहयोग पु¥याउने अपेक्षा गरिएको छ । नयाँ व्यवस्थाले ‘ब्यागेज ड्रप’ क्षेत्रमा भइरहेको गतिविधि आगमन कक्षमै देख्न सकिने भएपछि यात्रुको प्रतीक्षा समयलाई थप सहज र व्यवस्थित बनाउने विश्वास गरिएको छ ।

यात्रु सेवाको गुणस्तर अभिवृद्धि, सेवा प्रवाहमा पारदर्शिता र आधुनिक प्रविधिको प्रयोगमार्फत विमानस्थललाई अन्तरराष्ट्रिय मापदण्डअनुरूप विकास गर्ने प्रयासस्वरुप लाइभ फिड सुरु गरिएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २० कार्तिक २०८३, शुक्रबार  ११ : १० बजे

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ब्यागेज व्यवस्थापनको ‘लाइभ फिड’ सेवा सुरु

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा यात्रुको ब्यागेज व्यवस्थापनलाई थप पारदर्शी

लेक लाग्ने समस्याको व्यवस्थापनसम्बन्धी मापदण्ड स्वीकृत

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘उच्च पहाडी तथा

सुनको मूल्य पाँचहजार ९००ले घट्यो, चाँदीको के छ ?

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु पाँच

जनतालाई जोगाउनु सरकारको पहिलो प्राथमिकता हुनुपर्छ : रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नारायणी

बुटवलमा आजदेखि तीनदिने दीपावली सडक खाना महोत्सव

बुटवल । नेपालीको दोस्रो ठूलो पर्व तिहारको अवसरमा बुटवलमा आजदेखि