काठमाडौं। सरकारको कार्यशैलीविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस खरो रूपमा प्रस्तुत हुने भएको छ । अबदेखि सरकारले गरेका हरेक काम र निर्णयको कांग्रेसले सशक्त प्रतिवाद गर्ने संकेत देखिएको छ ।
नेपाली कांग्रेसका सांसदहरु जनकराज गिरी र योगेश गौचन थकालीले सुनकोशी मरिण आयोजना ठेक्का रद्द र कर्मचारी नियन्त्रणवारेमा छलफल र अनुसन्धानको माग गर्दै लेखासमितिमा निवेदन दिएका छन् ।
केही दिनअघि प्रधानमन्त्री कार्यालयले आयोजनाका दुई उच्च अधिकृतलाई नियन्त्रणमा लिएर दुई दिनसम्म केरकार गरेपछि ठेक्का रघ गरिएको विषय नीतिगत भ्रष्टाचार भएको भन्दै यसबारे छलफल र अनुसन्धान गर्न सांसदद्वय गिरी र गौचनले शुक्रबार लेखा समितिमा निवेदन दिएका हुन् ।


















प्रतिक्रिया