२० कार्तिक २०८३, शुक्रबार | November 6, 2026

तिहार बिदाअघि २.६४ अंकले बढेर बन्द भयो नेप्से परिसूचक



काठमाडौं। तिहारको पूर्वसन्ध्यामा शुक्रबार सेयर बजार बढेर बन्द भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २.६४ अंक बढेर २६५५.२२ विन्दुमा पुगेको छ।

सेन्सेटिभ इण्डेक्स १.१८ अंक, फ्लोट इण्डेक्स ०.५३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६८ अंक बढेको छ। १३ मध्ये १२ उपसमूहको परिसूचक बढेको छ । अन्य उपसमूहबाहेक सबै उपसमूहको परिसूचक सामान्य अंक बढेको हो।

नेप्से बढे पनि कारोबार रकम भने घटेको छ। बिहीबार चार अर्ब ७२ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो । आज तीन अर्ब ४६ करोड २० लाख ५९ हजार रुपैयाँबराबरको एक करोड सात लाख १३ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

आज घोराही सिमेन्ट इण्डष्ट्री कम्पनीको २१ करोड ६३ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको कारोबार रकम साढे १२ करोड रुपैयाँ ररिलायन्स स्पिनिङ मिल्सको करिब १२ करोड रुपैयाँको सेयर किनबेच भएको छ।

क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयरमूल्य १४.०८ प्रतिशत बढेको छ। बेनी हाइड्रोपावर प्रोजेक्टको सेयरमूल्य साढे ५ प्रतिशतभन्दा बढी बढेको छ ।

प्रकाशित मिति : २० कार्तिक २०८३, शुक्रबार  ३ : २७ बजे

ग्लोबल आइएमई बैंकले काठमाडौँको उत्तरढोकामा १२ तले अत्याधुनिक कर्पोरेट भवन बनाउँदै

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौँको उत्तरढोकामा आफ्नो अत्याधुनिक

तिहार बिदाअघि २.६४ अंकले बढेर बन्द भयो नेप्से परिसूचक

काठमाडौं। तिहारको पूर्वसन्ध्यामा शुक्रबार सेयर बजार बढेर बन्द भएको छ।

सुनकोशी-मरिण ठेक्का रद्दबारे अनुसन्धान माग गर्दै कांग्रेसले लेखासमितिमा दियो निवेदन

All Posts काठमाडौं। सरकारको कार्यशैलीविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस

प्रेस काउन्सिल अध्यादेशविरुद्ध पत्रकार महासंघ पुग्यो शीतल निवास

काठमाडौं । प्रेस काउन्सिल ऐन, २०४८ लाई संशोधन गर्न बनेको

दैलेखमा सिडिओ नपठाउँदा तिहारमा पनि तलवविहीन बने कर्मचारी

सुर्खेत । दैलेख जिल्ला प्रशासन कार्यालय प्रमूख जिल्ला अधिकारी विहीन बन्दा