२० कार्तिक २०८३, शुक्रबार | November 6, 2026

मधेस प्रदेश सरकारमा सहभागी नेकपाका चार मन्त्रीद्वारा राजीनामा, सरकारको समर्थ फिर्ता



जनकपुरधाम । मधेस प्रदेश सरकारमा नेपाली कम्युनिष्ट पार्टीबाट मन्त्री हुनुभएका चार जना मन्त्रीले आज राजीनामा दिएका छन् ।

मधेस प्रदेश सरकारमा सहभागी अर्थमन्त्री युवराज भट्टराई, उद्योग तथा पर्यटनमन्त्री कनिष पटेल, गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतो र ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री जवाहरलाल कुशवाहाले सामूहिक राजीनामा दिएका हुन् ।

चारै जना मन्त्रीले मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई ह्वाटसएपमार्फत राजीनामा पत्र पठाभएको नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका नेतासमेत रहेका अर्थमन्त्री भट्टराईले बताए ।

“मुख्यमन्त्रीज्यू काठमाडौँमा रहनुभएको छ, त्यहीँ भएर उहाँको ह्वाटसपमा राजीनामा पत्र पठाएका छौँ”, मन्त्री भट्टराईले भने, “आजैदेखि लागू हुनेगरी राजीनामा दिएका छौँ ।” राजनीतिक निकासका लागि आफूहरूले सामूहिक राजीनामा दिएर सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको पत्र प्रदेश प्रमुखलाई बुझाइसकेको उनले बताए ।

यसअघि गत असोज ३० गते नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट मधेस प्रदेश सरकारमा सहभागी मन्त्रीहरुले राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । मधेस प्रदेशमा नयाँ सरकार गठनको कसरतसमेत सुरु भइसकेको छ ।

प्रकाशित मिति : २० कार्तिक २०८३, शुक्रबार  ७ : ५८ बजे

मधेस प्रदेश सरकारमा सहभागी नेकपाका चार मन्त्रीद्वारा राजीनामा, सरकारको समर्थ फिर्ता

जनकपुरधाम । मधेस प्रदेश सरकारमा नेपाली कम्युनिष्ट पार्टीबाट मन्त्री हुनुभएका

नेपाल सरकार र टिकटक प्रतिनिधिबीच सहकार्यका विषयमा उच्चस्तरीय छलफल

काठमाडौँ। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र टिकटकका सरकारी

रास्वपा नेता-कार्यकर्तालाई उच्च राजनीतिक चरित्र देखाउन सभापति लामिछानेको निर्देशन

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीका

उत्तरढोकामा ग्लोबल आइएमई बैंकको १२ तले अत्याधुनिक कर्पोरेट भवन निर्माण सुरु

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौँको उत्तरढोकामा आफ्नो अत्याधुनिक

तिहार बिदाअघि २.६४ अंकले बढेर बन्द भयो नेप्से परिसूचक

काठमाडौं। तिहारको पूर्वसन्ध्यामा शुक्रबार सेयर बजार बढेर बन्द भएको छ।