२२ कार्तिक २०८३, आइतबार | November 8, 2026

तिहार बिदामा मुस्ताङ घुम्ने पर्यटक बढ्दै




मुस्ताङ । तिहार बिदाका अवसरमा हिमाली जिल्ला मुस्ताङ घुम्ने पर्यटकको सङ्ख्यामा वृद्धि भइरहेको छ । तिहारको अघि र पछि लामो सरकारी बिदा परेकाले मुस्ताङ घुम्ने पर्यटकको सङ्ख्या बढेका हुुन् ।

यस वर्ष मौसम प्रतिकूलका कारण दसैँअघि र पछि मुस्ताङमा अपेक्षा गरेअनुरुप पर्यटक भित्रिन सकेका थिएनन् । भारी वर्षा, हिमपात, हिमपहिरो र आँधीलगायत प्राकृतिक जोखिमको प्रक्षेपण गरिएकाले मुस्ताङमा विगतका वर्षभन्दा यस वर्ष पर्यटकको सङ्ख्यामा सोचअनुसार आउन सकेका थिएनन् । तर, तिहार नजिकिएसँगै मौसम अनुकूल बन्दै गइरहेकाले स्वदेशी तथा विदेशी पर्यटकको आगमन सङ्ख्या बढेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

प्रहरी निरीक्षक एवं सूचना अधिकारी सन्तोष बस्यालका अनुसार तिहार नजिकिएसँगै विदेशीभन्दा स्वदेशी पर्यटकको सङ्ख्या दुई तिहाइले वृृद्धि भएको हो । तिहार पर्वको छेकोमा स्कुल, कलेज, सरकारी तथा गैरसरकारी कार्यालय, बैंक तथा वित्तिय संस्था, सहकारी, टोल समितिलगायतको व्यक्तिहरु मुस्ताङ घुम्न आउने गरेका प्रहरी निरीक्षक बस्यालले उल्लेख गरे ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङको तथ्याङ्कअनुसार कात्तिक १ देखि १५ गतेसम्म ३५ हजार ८५८ जना पर्र्यटक मुस्ताङ भित्रिएका छन् । जसअन्तर्गत स्वदेशी पर्यटकको सङ्ख्या २७ हजार १०७ जना र विदेशी पर्यटकको सङ्ख्या आठ हजार ७५१ जना रहेको प्रहरी निरीक्षक बस्यालले जानकारी दिए ।

विदेशी पर्यटकतर्फ सार्क राष्ट्रबाट सात हजार ७१४ जना र अन्य राष्ट्रबाट एक हजार ३७ जनाले मुस्ताङको भ्रमण गरेका उनको भनाइ छ । तिहारको छेकोमा मुस्ताङ भ्रमणमा आएकामध्ये अधिकांश मुक्तिनाथ मन्दिरको दर्शन गरी फर्किने गरेका र केही पर्यटक कोरलानाकासम्म पुग्ने गरेका छन् । मुस्ताङमा हिउँदयामको चिसो ह्वात्ते बढेका भए पनि छठ पर्वसम्म सरकारी बिदा पर्ने भएकाले स्वदेशी पर्यटकको आगमन रहिरहने पर्यटन व्यवसायीको भनाइ छ ।

तिहार तथा छठको अवधिमा युवापुस्ताको घुमफिरको रोजाई मुस्ताङ बन्दै गइरहेको मुक्तिनाथका पर्यटन व्यवसाय सुरज गुरुङले उल्लेख गरे । यसरी आएका पर्यटक मुक्तिनाथको दर्शन गर्ने बहानामा मुस्ताङका विभिन्न पर्यटकीय गन्तव्यको भ्रमण गरी फर्किने गरेको पर्यटन व्यवसायी गुरुङले जानकारी दिए ।

धार्मिक तथा पर्यटकीय हिमाली जिल्ला मुस्ताङमा बर्सेनि सडक यातायात सहज भएसँगै पर्यटकको सङ्ख्या वृद्धि हुने गरेको छ । यसपाली बेनी–जोमसोम सडक अवरुद्ध हुँदा र केही समय मौसम प्रतिकूलताका कारण पर्यटन आवागमनमा असर पुगेका तापनि गत वर्ष आगमन सङ्ख्यामा भने कुनै असर परेको देखिँदैन । पर्यटकीय अनुुकूलमा दिनहु हजारौँ पर्यटक मुस्ताङ भित्रिने गरेका हुन्छन् भने दसैँतिहार र छठ पर्वजस्ता चाडपर्वहरुमा स्कुल र कलेजका विद्यार्थी मुस्ताङ घुम्न आउँछन् ।

मुस्ताङ घुम्न आएका पर्यटक मुक्तिनाथ मन्दिरको दर्शन पहिलो गन्तव्य हुने गरेको छ । त्यसपछि भने कोरला नाका, लोमान्थाङ दरबार झोङ गुफा, घर गुम्बा, दामोदरकुण्ड तीर्थ, चिउसी गुफा, ढुम्बाताल, कागबेनी, जामसोम, मार्फा र थासाङ गाउँपालिकाको सेकुङ ताल, भुतर्छो ताल र टिटी ताल अवलोकन गरी फर्किने गरेका छन् ।

हिमाली जिल्लाको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदा ,जैविक विविधता, रहनसहन र वेषभूषा र हिमाली सम्यताको अवलोकन गरी फर्किने गर्छन । पछिल्लो समय नेपाल(चीन उत्तरी कोरला नाका आन्तरिक पर्यटकका लागि महत्वपूर्ण पर्यटकीय गन्तव्य बन्दै गएको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०८३, आइतबार  १ : ५५ बजे

सामाजिक र राष्ट्रिय एकता बलियो बनाउन रास्वपा सभापति लामिछानेले गरे कामना

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सामाजिक

तिहार बिदामा मुस्ताङ घुम्ने पर्यटक बढ्दै

मुस्ताङ । तिहार बिदाका अवसरमा हिमाली जिल्ला मुस्ताङ घुम्ने पर्यटकको

प्रहरी केनाइन कार्यालयमा कुकुर पूजा सम्पन्न

काठमाडौं । यमपञ्चकको दोस्रो दिन प्रहरी केनाइन कार्यालयमा कुकुर पूजा

लक्ष्मीपूजामा विद्युत् माग १ हजार ७ सय मेगावाट पुग्ने अनुमान

काठमाडौं । यस वर्षको लक्ष्मीपूजाको साँझ विद्युत्को उच्चतम माग करिब

खाद्य स्वच्छता मापदण्ड पूरा गर्ने १७९ प्रतिष्ठानमा बुटवलको कस्तुरी मिष्ठान भण्डार

बुटवल । तिहार नजिकिँदै गर्दा मिठाईको माग र कारोबार बढेको