२३ कार्तिक २०८३, सोमबार | November 9, 2026

घोप्टेभिरको पहिरो दिउँसो १ः०० बजेसम्म पन्छाएर सडक सञ्चालन गर्ने तयारी



चितवन । पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा आज बिहान खसेको पहिरो पन्छाएर सडक दुईतर्फी सञ्चालन गर्ने तयारीसहित काम तीव्र पारिएको छ । पहिरो पन्छाउन अहिले सडकको दुवैतर्फबाट उपकरण परिचालन गरिएको छ ।

नागढुङ्गा–मुग्लिन सडक योजना पश्चिम खण्डका प्रमुख सजना अधिकारीका अनुसार मुग्लिनतर्फबाट सडक डिभिजन कार्यालय भरतपुरको लोडरले पहिरो पन्छाइरहेको छ । काठमाडौंतर्फबाट दुई वटा एक्साभेटर, एउटा जेसीबी र एउटा लोडर परिचालन गरिएको छ । सडक केही सफा भएपछि काठमाडौंतर्फबाट एउटा एक्साभेटर मुग्लिनतर्फ पठाएर पहिरो पन्छाइने उनले बताए ।

अधिकारीले थप पहिरो नखसेमा काम तीव्र गतिमा भइरहेको हुँदा दिउँसो १ः०० बजेसम्म सडक सञ्चालनमा आउने बताए। सो स्थानमा निरन्तर सुक्खा पहिरो खसिरहेकाले पहिरो पन्छाउन ढिलाइ भएको उनको भनाइ छ ।

राति १ः०० बजे खसेको पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको थियो । पुनः बिहान ५ः०० बजे पहिरो खसेपछि काठमाडौंतर्फबाट तत्काल पहिरो पन्छाउने काम थालिएको थियो । मुग्लिनतर्फ पहिरो पन्छाउन आवश्यक उपकरण उपलब्ध नभएपछि भरतपुरबाट उपकरण ल्याएर काम सुरु गरिएको अधिकारीले जानकारी दिए ।

पहिरो खसेको स्थान मुग्लिनबाट तीन किलोमिटर मलेखुतर्फ पर्दछ । सो स्थानमा आइतबार पनि सुक्खा पहिरो खसेर दिनको समयमा केही बेर सडक अवरुद्ध भएको थियो । सडक अवरुद्ध भएपछि तिहार मनाउन घर जाँदै गरेका यात्रु बोकेका सवारीसाधन बाटोमै रोकिएका छन् ।

प्रकाशित मिति : २३ कार्तिक २०८३, सोमबार  ११ : २० बजे

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

घोप्टेभिरको पहिरो दिउँसो १ः०० बजेसम्म पन्छाएर सडक सञ्चालन गर्ने तयारी

चितवन । पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा आज बिहान

दुई हजारभन्दा बढी स्मारक, आठ हजार पुरातात्विक वस्तुको अभिलेखीकरण

काठमाडौं । नेपाल सम्पदा अभिलेखीकरण परियोजना (एनएचडिपी)ले आठ वर्षमा नेपालका

कोप-३१ को उद्घाटनकै दिन नेपालका महत्वपूर्ण कार्यक्रम

टर्किए । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धि (युएनएफसीसीसी) का पक्ष

मुकु सुवेदीको ‘ख्याल ख्यालमे’ सार्वजनिक, विजय र समीक्षा चौधरीको स्वर

बुटवल । थारू गीत-संगीतको क्षेत्रमा नयाँ सांगीतिक प्रस्तुति थपिएको छ