२४ कार्तिक २०८३, मंगलबार | November 10, 2026

नेपाल संवत् सामाजिक न्याय र मानवीय सहअस्तित्वको जीवन्त प्रतीक : उपराष्ट्रपति यादव



काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपाल संवत् नेपाली सभ्यताको मौलिकता, उदारता, सामाजिक न्याय र मानवीय सहअस्तित्वको जीवन्त प्रतीक भएको बताएका छन ।

नेपाल संवत् ११४७ को शुभारम्भको अवसरमा आज शुभकामना दिँदै उपराष्ट्रपतिले राष्ट्रिय विभूति शङ्खधर साख्वाले लोककल्याणको भावनाबाट प्रेरित भई पीडित जनतालाई ऋणमुक्त गराएको ऐतिहासिक कार्यले नेपाली समाजमा सेवा, परोपकार र सामाजिक उत्तरदायित्वको उच्च आदर्श स्थापित गरेको बताएका छन ।

साख्वाले देखाएको मानवतावादी मार्ग आज पनि हाम्रो राष्ट्रिय जीवनका लागि उत्तिकै प्रेरणादायी र अनुकरणीय रहेको उपराष्ट्रपतिद्वारा जारी सन्देशमा उल्लेख छ ।

“नयाँ वर्षको प्रारम्भसँगै आत्मसमीक्षा, नवीन सङ्कल्प र सकारात्मक परिवर्तनको अवसर प्राप्त हुन्छ, नेपाल संवत्ले हामीलाई विगतको गौरव मात्रको स्मरण गराउँदैन, वर्तमानलाई जिम्मेवार ढङ्गले आत्मसात् गर्दै भविष्यलाई अझ उज्यालो बनाउने प्रेरणा पनि प्रदान गर्दछ”, शुभकामना सन्देशमा उपराष्ट्रपतिले भनेका छन ।

उनले नेपालको यस मौलिक संवत्ले सम्पूर्ण नेपालीमा पारस्परिक विश्वास, सामाजिक सद्भाव, सहयोग, शान्ति र सहकार्यको भावना अभिवृद्धि गरोस् भनी कामना गरेका छन । “युवा पुस्तामा सिर्जनशीलता, उद्यमशीलता र राष्ट्रनिर्माणप्रतिको प्रतिबद्धता विकास गरोस् । साथै, हामी सबैलाई लोकतान्त्रिक मूल्य, राष्ट्रिय एकता, भौगोलिक अखण्डता, सार्वभौमसत्ता तथा राष्ट्रिय हितको संरक्षण र सम्वर्धनमा थप जिम्मेवार र सक्रिय बन्न प्रेरित गरोस्”, सन्देशमा भनिएको छ ।

उपराष्ट्रपति यादवले समुन्नत, समावेशी, न्यायपूर्ण र समृद्ध नेपालको साझा आकांक्षा पूरा गर्ने यात्रामा नेपाल संवत्ले सम्पूर्ण देशवासीलाई सकारात्मक ऊर्जा, प्रेरणा र आत्मविश्वास प्रदान गरोस् भनी कामना गरेका छन ।

प्रकाशित मिति : २४ कार्तिक २०८३, मंगलबार  ७ : ४१ बजे

देउसीभैलोमा आधुनिकताको प्रभाव, मौलिक संस्कृति ओझेलमा

बागलुङ । तिहारमा मादल, खैँजडी र बाँसुरीको तालमा गुञ्जिने देउसीभैलोमा

सांस्कृतिक पर्वले राष्ट्रिय एकतालाई सुदृढ बनाएका छन् : अध्यक्ष दाहाल

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले तिहार, नेपाल संवत् र

नेपाल संवत् सामाजिक न्याय र मानवीय सहअस्तित्वको जीवन्त प्रतीक : उपराष्ट्रपति यादव

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपाल संवत् नेपाली सभ्यताको

नेपाल संवतले सामाजिक समानताको दिशामा अघि बढ्न प्रेरणा प्रदान गर्ने राष्ट्रपतिको विश्वास

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन

नेपाल संवत् ११४७ सुरु, नेवार समुदायमा म्हः पूजा गरिँदै

काठमाडौं । नेपाल संवत् ११४७ आज देशभर विभित्र कार्यक्रम आयोजना