काठमाडौं । उदयपुरमा यात्रु बोकेको माइक्रोबस दुर्घटना हुँदा चालकसहित १० जना घाइते भएका छन्। मदन भण्डारी लोकमार्गअन्तर्गत त्रियुगा नगरपालिका–१३, बहेर्वाचोकमा माइक्रोबस अनियन्त्रित भई सडकबाट करिब १५ मिटर तल खसेको हो।
प्रहरीका अनुसार मंगलबार ९कात्तिक २४० दिउँसो करिब १२ः४० बजे प्रदेश १–०२–००१ ज ४६२१ नम्बरको माइक्रोबस दुर्घटनामा परेको थियो।
काठमाडौं महानगरपालिका–३२ निवासी ४२ वर्षीय कृष्ण केसीले चलाएको उक्त माइक्रोबसमा चालकसहित ११ जना सवार थिए। दुर्घटनामा चालकसहित १० जना घाइते भएको प्रहरीले जनाएको छ।
घाइते हुनेहरूमा चालक केसीसहित उदयपुर, झापा, मोरङ र सुनसरीका यात्रु रहेका छन्।
दुर्घटनामा घाइते भएका सबैलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर पठाइएको प्रहरीले जनाएको छ।

















प्रतिक्रिया