४ मंसिर २०८३, शुक्रबार | November 20, 2026

स्थानीय तहको निर्वाचन वैशाखमा र प्रदेशको मंसिरमा गर्न आयोगको प्रस्ताव



काठमाडौं । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचन वैशाखमा र प्रदेशसभा निर्वाचन मंसिरमा गर्ने प्रस्ताव राजनीतिक दलका शीर्ष नेतृत्वसमक्ष गरेको छ ।

शुक्रबार राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलका शीर्ष नेताहरूसँग भएको छलफलमा आयोगले निर्वाचनको प्रस्तावित समयतालिका प्रस्तुत गरेको हो ।

निर्वाचन आयोगमा जारी छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, नेपाली कांग्रेसका सभापति गगन थापा, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेताहरू सहभागी थिए ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि बैठकमा पुगेका थिए । तर, पार्टीको निर्वाचन विभाग प्रमुख देवेन्द्र दाहाललाई छलफलमा सहभागी हुन निर्देशन दिएर उनी बाहिरिएका थिए ।

छलफलका क्रममा नेकपाका संयोजक प्रचण्डले स्थानीय तहको निर्वाचन वैशाखमा र प्रदेशसभा निर्वाचन मंसिरमा गर्ने आयोगको प्रस्ताव उपयुक्त देखिएको बताएका छन् ।

प्रचण्डको सचिवालयका अनुसार उनले आयोगले प्रस्तुत गरेको समयतालिका उपयुक्त रहेको उल्लेख गर्दै यस विषयमा पार्टीभित्र थप छलफल र अध्ययन गरेपछि अन्तिम धारणा बनाउने बताएका छन् ।

यसअघि २०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन भएको थियो भने प्रदेशसभा निर्वाचन २०७९ मंसिर ४ गते सम्पन्न भएको थियो । ती निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरूको पाँचवर्षे कार्यकाल आगामी २०८४ वैशाख ३० गते स्थानीय तहमा र मंसिरमा प्रदेशसभातर्फ पूरा हुँदैछ ।

गाउँसभा र नगरसभाको कार्यकाल निर्वाचन भएको मितिले पाँच वर्षको हुने संवैधानिक व्यवस्था छ । यसअनुसार अघिल्लो निर्वाचनबाट निर्वाचित स्थानीय जनप्रतिनिधिहरूको कार्यकाल सकिन अब करिब पाँच महिना बाँकी छ ।

निर्वाचन आयोगले गरेको प्रस्तावबारे राजनीतिक दलहरूको धारणा र आवश्यक परामर्शपछि निर्वाचनको मिति तथा समयतालिका टुंगो लाग्नेछ ।

प्रकाशित मिति : ४ मंसिर २०८३, शुक्रबार  २ : ३७ बजे

Your email address will not be published.

राप्रपा अध्यक्षमा उम्मेदवारी दिने ज्ञानेन्द्र शाहीको घोषणा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्रबहादुर शाहीले

पर्वतारोहणबाट ३३ करोड ४२ लाख आम्दानी

काठमाडौं । सरकारले चालु आवमा १८८ टोलीलाई ४८ वटा हिमाल

स्थानीय तहको निर्वाचन वैशाखमा र प्रदेशको मंसिरमा गर्न आयोगको प्रस्ताव

काठमाडौं । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचन वैशाखमा र

पाल्पाको सत्यवती मेला आजदेखि सुरु

पाल्पा । पाल्पाको ऐतिहासिक तथा धार्मिक सत्यवती मेला आजदेखि सुरु

प्रधानमन्त्रीको भारत भ्रमणको तालिका सार्वजनिक

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको तालिका सार्वजनिक भएको