५ मंसिर २०८३, शनिबार | November 21, 2026

आगजनीगरी वातावरण प्रदुषण गर्ने ५ जना पक्राउ



बुटवल । मानव बस्तीको नजिकै खेत खलियानमा आगजनी गर्ने ५ जनालाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ । रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकाको बिभिन्न वडा ईलाकामा सर्वसाधारणको स्वास्थ्यमा प्रतिकूल असर पर्ने गरी आगो लगाई धुंवा उत्सर्जन गरेर वातावरण प्रदुषित गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

मानवबस्ती नजिकै खेतको परालमा आगो लगाई आगजनीको गम्भीर जोखिम बढाई उत्श्रृंखल कार्य गर्नेहरुलाई पक्राउ गरिएको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए ।

पक्राउ पर्नेहरुमा रुपन्देही लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. ३पडरियाका ३५ वर्षिय इमताज अहमद, वडा नं. ६ पर्साका २५ वर्षिय मोहमद इर्फान फकिर, वडा नं. ८ एकलाका ५० वर्षिय राधेश्याम यादव, वडा नं. ६ तर्कुल्लाहका ४३ का राजेश गुप्ता र वडा नं. ३ पडरियाका ३४ वर्षिय रमेश चमार रहेका छन् ।

पक्राउ गरिएका ब्यक्तिहरुमाथि आगजनीका सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको डीएसपी चन्दले बताए । प्रहरीले प्रचलित कानून बमोजिम वातावरण प्रदुषित गरी धनजनको क्षति हुने आगजनी जस्ता दण्डनीयकार्य नगर्न नगराउन सूचना समेत गरेको छ ।

प्रकाशित मिति : ५ मंसिर २०८३, शनिबार  ९ : ५० बजे

Your email address will not be published.

आगजनीगरी वातावरण प्रदुषण गर्ने ५ जना पक्राउ

बुटवल । मानव बस्तीको नजिकै खेत खलियानमा आगजनी गर्ने ५

एनपिएल विजेता टोली सुदूरपश्चिम रोयल्सलाई प्रधानमन्त्रीको बधाई

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग ९एनपिएल०को तेस्रो

सुदूरपश्चिम रोयल्स एनपिएल च्याम्पियन

काठमाडौं । सुदूरपश्चिम रोयल्स तेस्रो प्रयासमा नेपाल प्रिमियर लिग (एनपिएल)

प्रधानमन्त्री शाह आइतबार भारतको राजकीय भ्रमणमा जाँदै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह आइतबार दिउँसो भारतको राजकीय भ्रमणमा

स्तन क्यान्सर समयमै पहिचान भए उपचार प्रभावकारी

काठमाडौँ । स्तन क्यान्सरको समयमै पहिचान र उपचार गर्न सके