७ मंसिर २०८३, सोमबार | November 23, 2026

संयुक्त सैन्य अभ्यासका लागि भारतीय सैनिक टोली नेपालमा



काठमाडौँ । नेपाल र भारतकाबीच हुँदै आएको संयुक्त सैन्य अभ्यास ‘सूर्य किरण’ मा सहभागी हुन भारतीय सैनिक टोली आज नेपाल आएको छ ।

विसं २०६७ देखि नेपाल र भारतमा आलोपालो गरी वार्षिक रूपमा यो सैन्य अभ्यास सञ्चालन हुँदै आएको छ । संयुक्त सैनिक अभ्यास ‘सूर्य किरण’ को बिसौँ संस्करणमा सहभागी हुन भारतीय सेनाको टोली रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा आइपुगेको नेपाली सेनाले जनाएको छ ।

सो सैन्य अभ्यास यही मङ्सिर ९ देखि २२ गतेसम्म सञ्चालन हुने बताइएको छ । उक्त अभ्यासमा भारतीय सेनाको १२ कुमाउ रेजिमेन्ट र नेपाली सेनाका तर्फबाट ज्वालादल गण सहभागी हुने कार्यक्रम रहेको जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाले जानकारी दिएको छ ।

प्रकाशित मिति : ७ मंसिर २०८३, सोमबार  ९ : ०६ बजे

Your email address will not be published.

संयुक्त सैन्य अभ्यासका लागि भारतीय सैनिक टोली नेपालमा

काठमाडौँ । नेपाल र भारतकाबीच हुँदै आएको संयुक्त सैन्य अभ्यास

मेडिकल शिक्षा सुधारका लागि भएका सहमति कार्यान्वयनमा सरकार सक्रिय

काठमाडौं । मेडिकल शिक्षा क्षेत्रको सुधार र विगतमा भएका सहमति

झापामा १२ अर्बको पेट्रोलियम पाइपलाइन र भण्डारण टर्मिनल बन्दै

झापा । नेपालको दोस्रो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन ‘सिलिगुढी–झापा पेट्रोलियम पाइपलाइन

प्रधानमन्त्री शाह स्वदेश फिर्ता

काठमाडौँ । भारतको दुईदिने राजकीय भ्रमण सम्पन्न गरी प्रधानमन्त्री वालेन्द्र

जलवायु सम्मेलन निष्कर्षविहीन, गुटेरेसले व्यक्त गरे गहिरो निराशा

काठमाडौँ । जलवायु परिवर्तनको गम्भीर संकट समाधानका लागि विश्व समुदायबीच