९ मंसिर २०८३, बुधबार | November 25, 2026

जलन उपचारका लागि नबिल बैंक र धुलिखेल अस्पतालद्वारा ‘नबिल बर्न केयर वार्ड’ संचालन



काठमाडौँ । नबिल बैंक लिमिटेड र धुलिखेल अस्पतालले संयुक्तरुपमा बर्न केयर वार्ड संचालनमा ल्याएको छ । धुलिखेल अस्पताल परिसरमा स्थापना गरिएको १० शय्याको ‘नबिल बर्न केयर वार्ड’ को एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । नेपालमा विशिष्टीकृत जलन उपचार तथा पुनर्स्थापना सेवाको पहुँच विस्तार गर्दै यसको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले उक्त वार्ड स्थापना गरिएको हो।

नबिल बैंकका सञ्चालक समितिका अध्यक्ष निर्वाण कुमार चौधरी र धुलिखेल अस्पतालका संस्थापक तथा कार्यकारी निर्देशक डा राम कण्ठ माकजुले संयुक्त रूपमा नबिल बर्न केयर वार्डको उद्घाटन गरे । उद्घाटन समारोहमा दुवै संस्थाका वरिष्ठ अधिकारी, स्वास्थ्यकर्मी, सरोकारवाला तथा समुदायका प्रतिनिधिहरूको उपस्थिति थियो।

नबिल बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम ‘नबिल केयर’ अन्तर्गत सहयोग प्राप्त यस वार्डले जलनका बिरामीलाई गुणस्तरीय, विशेषज्ञतायुक्त तथा बिरामी केन्द्रित उपचार सेवा प्रदान गर्न धुलिखेल अस्पतालको क्षमता अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ। यस पहलमार्फत यसअघि सुदूरपश्चिम, लुम्बिनी, कर्णाली र मधेश प्रदेशमा सञ्चालन गरिएका निःशुल्क जलन शल्यक्रिया शिविरमार्फत नबिल केयरले गर्दै आएको सहयोगलाई थप विस्तार गरेको हो ।

नेपालमा जलनका घटना अझै पनि महत्वपूर्ण जनस्वास्थ्य चुनौतीका रूपमा रहेका छन्। यस्ता घटनाबाट प्रभावित व्यक्तिलाई तत्काल उपचारका साथै विशिष्टीकृत चिकित्सा सेवा, शल्यक्रिया, दीर्घकालीन पुनर्स्थापना र मनोसामाजिक सहयोगको आवश्यकता पर्दछ। नबिल बर्न केयर वार्डको स्थापनाले यस्ता सेवामा बिरामीको पहुँच सहज बनाउनुका साथै नेपालमा विशिष्टीकृत जलन उपचार सेवाको दीर्घकालीन विकासमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

सबैका लागि गुणस्तरीय स्वास्थ्य सेवा’ भन्ने मूल मान्यताबाट निर्देशित धुलिखेल अस्पतालले लामो समयदेखि सर्वसुलभ र पहुँचयोग्य स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै नबिल बैंकका संचालक समितिको अध्यक्ष चौधरीले समाजका महत्वपूर्ण आवश्यकता सम्बोधन गर्न निजी क्षेत्रको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गरे। उनले अर्थपूर्ण संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रममार्फत समाजप्रतिको दायित्व निर्वाह गर्न बैंक प्रतिबद्ध रहेको बताए।

“नबिल बैंकमा हामी कुनै पनि संस्थाको वास्तविक सफलता केवल आर्थिक उपलब्धिले मात्र नभई समाजमा सिर्जना गरेको सकारात्मक प्रभावबाट पनि मापन गरिनुपर्छ भन्ने विश्वास राख्छौं। जलनका बिरामीले लामो र चुनौतीपूर्ण स्वास्थ्यलाभको यात्रा तय गर्नुपर्ने हुन्छ। सीमित स्वास्थ्य पूर्वाधारका कारण कुनै पनि परिवार गुणस्तरीय उपचार सेवाबाट वञ्चित हुनुहुँदैन। यस सहकार्यमार्फत हामी नेपाली समाजलाई दीर्घकालसम्म लाभ पुर्‍याउने स्वास्थ्य पूर्वाधारको विकासमा योगदान गरिरहेका छौं,” उनले भने।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज कुमार ज्ञवालीले जलन सम्बन्धी विशिष्टीकृत स्वास्थ्य सेवामा सर्वसाधारणको पहुँच विस्तार गर्न सहकार्य आवश्यक रहेको बताए।

“विशिष्टीकृत जलन उपचार सेवामा पहुँच अझै पनि धेरै नेपालीका लागि चुनौतीपूर्ण रहेको अवस्थामा धुलिखेल अस्पतालसँगको सहकार्यमार्फत हामी जलन उपचार सेवालाई थप सुदृढ गर्दै उपचार आवश्यक भएका बिरामीलाई गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न चाहन्छौं,” सिइओ ज्ञवालीले भने, “यो वार्ड नबिल केयरअन्तर्गत सञ्चालन भइरहेका हाम्रा निरन्तर प्रयासहरूको महत्वपूर्ण कडी हो। यसअघि सञ्चालन गरिएका जलन शल्यक्रिया शिविरहरूले देशका विभिन्न क्षेत्रका करिब पाँच सय जलन प्रभावित व्यक्तिलाई उपचार प्राप्त गर्ने अवसर तथा नयाँ जीवनको आशा प्रदान गरेका छन्। यो सुविधा बिरामी तथा उहाँहरूका परिवारका लागि उपचार, आशा र सम्मानको केन्द्र बन्ने विश्वास लिएका छौं।”

धुलिखेल अस्पतालका संस्थापक तथा कार्यकारी निर्देशक डा. राम कण्ठ माकाजु श्रेष्ठले नबिल बैंकको सहयोगप्रति आभार व्यक्त गर्दै यस सहकार्यले नेपालमा विशिष्टीकृत जलन उपचार सेवाको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने धारणा व्यक्त गरे।

“विशेषज्ञ जलन उपचार सेवाको पहुँच विस्तार गर्ने दिशामा आजको कार्यक्रम एउटा महत्वपूर्ण कदम हो। सामुदायिक अस्पतालका रूपमा, धुलिखेल अस्पतालले त्यस्ता ग्रामीण समुदायलाई सेवा प्रदान गर्दै आएको छ जहाँ विशेषज्ञ उपचार सेवा सहज रूपमा उपलब्ध नहुन सक्छ। नबिल बैंकसँगको सहकार्यमा हामी नेपालमा समग्र जलन उपचार सेवाको उत्कृष्ट नमुना बन्न सक्ने एक विशिष्टीकृत सुविधा विकास गर्दैछौं। यस अर्थपूर्ण साझेदारीले प्रत्येक जलन पीडितलाई गुणस्तरीय उपचार प्राप्त गर्ने अवसर दिलाउनुका साथै नयाँ सिराबाट जीवन सुरु गर्न मदत पुग्नेछ भन्ने हाम्रो विश्वास छ,” श्रेष्ठले भने।

नबिल बर्न केयर वार्डको स्थापना नेपालमा विशिष्टीकृत जलन उपचार सेवाको पहुँच र गुणस्तर अभिवृद्धितर्फ एक महत्वपूर्ण कदम हुनुका साथै देशभरका समुदायको स्वास्थ्य अवस्था सुधार गर्ने नबिल बैंकको दीर्घकालीन प्रतिबद्धताको थप उदाहरण भएको बैंकले जनाएको छ ।

नबिल बैंक लिमिटेड एक अग्रणी वाणिज्य बैंक हो। नवीन वित्तीय सेवा प्रदान गर्नुका साथै सकारात्मक सामाजिक प्रभाव सिर्जना गर्ने उद्देश्यसहित बैंकले नबिल केयरलगायत विभिन्न रणनीतिक संस्थागत सामाजिक उत्तरदायित्वका पहलमार्फत देशभरका समुदायको सामाजिक तथा आर्थिक विकासमा योगदान पुर्‍याउँदै आएको छ।

प्रकाशित मिति : ९ मंसिर २०८३, बुधबार  २ : ०६ बजे

Your email address will not be published.

जलन उपचारका लागि नबिल बैंक र धुलिखेल अस्पतालद्वारा ‘नबिल बर्न केयर वार्ड’ संचालन

काठमाडौँ । नबिल बैंक लिमिटेड र धुलिखेल अस्पतालले संयुक्तरुपमा बर्न

न्यू होराइजनको ३३ औँ प्रदेश स्तरीय हाजिरीजवाफ प्रतियोगिता मंसिर ११ देखि

बुटवल । न्यू होराइजन माध्यमिक विद्यालय, बुटवलले ३३ औँ प्रदेश

कात्तिक मसान्तसम्म सार्वजनिक ऋण २९ खर्ब ७५ अर्ब, जीडीपीको ४५.०८ प्रतिशत

काठमाडौ । चालु आर्थिक वर्ष २०८३र८४ को पहिलो चार महिनासम्ममा

चीनसहित १६ अर्थतन्त्रमा अमेरिकी कर बढ्ने

अमेरि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले चीन र युरोपेली सङ्घ

‘पटकपटक होइन, सामूहिक गिरफ्तार गर’ भन्दै पत्रकार धर्नामा

काठमाडौं। नेपाल पत्रकार महासंघले पत्रकारहरूको सामूहिक गिरफ्तारीको माग गर्दै बुधबार