१० मंसिर २०८३, बिहिबार | November 26, 2026

टेकुको बायोग्यास प्लान्ट पुनः सञ्चालनमा, दैनिक १५० घनमिटर ग्यास उत्पादन गर्ने लक्ष्य



काठमाडौं । लामो समयदेखि बन्द रहेको काठमाडौंको टेकुस्थित बायोग्यास प्लान्ट पुनः सञ्चालनमा ल्याइएको छ । काठमाडौं जलवायु कार्य सप्ताह २०२६ को अवसर पारेर बिहीबार प्लान्टको उत्पादन परीक्षण सुरु गरिएको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले संयुक्त रूपमा प्लान्टको परीक्षण उद्घाटन गरेका हुन् ।

परीक्षणपछि वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले प्लान्ट सञ्चालनका लागि काठमाडौं महानगरपालिकालाई हस्तान्तरण गरेको छ । केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याललाई प्लान्ट हस्तान्तरण गरेका हुन् ।

ढकालका अनुसार ऊर्जा मन्त्रालयको निर्देशन तथा काठमाडौं महानगरपालिकासँगको सहकार्यमा प्लान्टको प्राविधिक र व्यवस्थापकीय पक्षको अध्ययन गरी पुनः सञ्चालनमा ल्याइएको हो ।

टेकुस्थित फोहोर व्यवस्थापन केन्द्रबाट निस्कने जैविक फोहोर प्रशोधन गरी बायोग्यास उत्पादन गर्ने र त्यसलाई ऊर्जाका रूपमा उपयोग गर्ने उद्देश्यले प्लान्ट सञ्चालनमा ल्याइएको हो । यसबाट जैविक फोहोरको उचित व्यवस्थापन, वातावरणीय प्रदूषण न्यूनीकरण तथा स्वच्छ र हरित काठमाडौं निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्लान्टबाट दैनिक तीन मेट्रिकटन छुट्याइएको जैविक फोहोर प्रशोधन गरी करिब १५० घनमिटर बायोग्यास उत्पादन गर्ने लक्ष्य राखिएको छ । उत्पादित ग्यास पाइपलाइनमार्फत आसपासका करिब सय घरपरिवारलाई वितरण गर्ने तयारी भइरहेको छ।

यसअघि प्लान्टको डिजाइन विद्युत् उत्पादन गर्ने उद्देश्यले गरिएको थियो । सञ्चालनमा आएको केही समयपछि बन्द भएको प्लान्टको हाल गरिएको प्राविधिक अध्ययनले उत्पादित बायोग्यासलाई विद्युत् उत्पादन गर्नुको सट्टा सिधै उपभोक्तासम्म पुर्‍याउनु उपयुक्त देखाएको छ ।

प्लान्टको दीर्घकालीन सञ्चालन सुनिश्चित गर्न सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेल अपनाउने विषयमा पनि छलफल भइरहेको छ । निजी क्षेत्रलाई सञ्चालन तथा व्यवस्थापनमा सहभागी गराएर महानगरपालिकाको स्वामित्वमा प्लान्ट सञ्चालन गर्ने अवधारणा अघि बढाइएको छ ।

विश्व बैंककी अपरेसन म्यानेजर रिता ढकालले जैविक फोहोरको उचित व्यवस्थापनले जलवायु परिवर्तन न्यूनीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउने बताइन् । उनका अनुसार फोहोर व्यवस्थापन क्षेत्रबाट विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनको करिब ३ देखि ५ प्रतिशत हिस्सा आउने गरेको छ ।

ल्यान्डफिल तथा डम्पिङ साइटमा जैविक फोहोर कुहिँदा मिथेन ग्यास उत्सर्जन हुने र खुला रूपमा फोहोर जलाउँदा ब्ल्याक कार्बन उत्पादन हुने भएकाले यस्ता परियोजना वातावरणीय दृष्टिले महत्वपूर्ण रहेको उनले बताइन् ।

प्लान्टको दिगो सञ्चालनका लागि घरघरबाटै जैविक र अजैविक फोहोर छुट्याउने व्यवस्था प्रभावकारी बनाउनुपर्नेमा पनि उनले जोड दिइन् ।

काठमाडौं महानगरपालिकाको एकीकृत दिगो फोहोर व्यवस्थापन परियोजनाअन्तर्गत सन् २०१५ मा निर्माण सुरु गरिएको प्लान्ट सन् २०१८ देखि सञ्चालनमा आएको थियो । प्लान्ट निर्माणका लागि काठमाडौं महानगरपालिका र युरोपियन युनियनले एक करोड ८२ लाख रुपैयाँ लगानी गरेका थिए ।

यसअघि प्लान्ट सञ्चालन हुँदा दैनिक तीन मेट्रिकटन जैविक फोहोरबाट १४ किलोवाट विद्युत्, ३०० किलो जैविक मल र १३ हजार ५०० लिटर पानी उत्पादन गर्ने लक्ष्य राखिएको थियो ।

हाल विश्व बैंकको सहयोगमा सञ्चालित मिनी ग्रिड इनर्जी एक्सेस परियोजनाअन्तर्गत वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र काठमाडौं महानगरपालिकाले प्लान्टको पुनःस्थापना गरेका हुन् ।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका अनुसार विश्व बैंकको सहयोगमा यसअघि सात स्थानीय तहसँगको सहकार्यमा सार्वजनिक–निजी साझेदारी अवधारणाअन्तर्गत ठूला बायोग्यास प्लान्ट निर्माण भएका छन् । त्यस्तै, निजी क्षेत्रको सहभागितामा २० वटाभन्दा बढी व्यावसायिक बायोग्यास प्लान्ट स्थापना भइसकेका छन् ।

प्रकाशित मिति : १० मंसिर २०८३, बिहिबार  १ : ३७ बजे

Your email address will not be published.

टेकुको बायोग्यास प्लान्ट पुनः सञ्चालनमा, दैनिक १५० घनमिटर ग्यास उत्पादन गर्ने लक्ष्य

काठमाडौं । लामो समयदेखि बन्द रहेको काठमाडौंको टेकुस्थित बायोग्यास प्लान्ट

‘निजी क्षेत्रसँग सहकार्य गर्न सरकार प्रतिबद्ध छ’

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले वर्तमान सरकार

चेक अनादर मुद्दामा कान्छाराम तामाङविरुद्ध अदालतमा मुद्दा

काठमाडौं । कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षीय नेता कान्छाराम तामाङविरुद्ध चेक

विद्यालय पाठ्यक्रममा कृत्रिम बौद्धिकता र जीवनोपयोगी सीप समेटिने

काठमाडौँ । विद्यालय तहको पाठ्यक्रममा सीपमा आधारित शिक्षा, कृत्रिम बौद्धिकता,

सुनकोसी-मरिणको ठेक्का रद्दमा प्रधानमन्त्री कार्यालयको भूमिकाबारे छानबिन गर्न आङ्देम्बेको माग

काठमाडौं। कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुनकोशी–मरिण डाइभर्सन आयोजनाको