११ मंसिर २०८३, शुक्रबार | November 27, 2026

रासायनिक हतियारमुक्त विश्व निर्माणमा नेपालको जोड



काठमाडौं । नेपालले रासायनिक हतियारमुक्त विश्व निर्माण गर्ने र रासायनिक हतियार निषेध महासन्धिका उद्देश्य तथा सिद्धान्त कार्यान्वयन गर्ने प्रतिबद्धता दोहो¥याएको छ ।

नेदरल्यान्ड्सको हेगमा जारी रासायनिक हतियार निषेध सङ्गठन (ओपिसिडब्ल्यु)को सदस्य राष्ट्रहरूको सम्मेलनको ३१औँ अधिवेशनमा बेनेलक्स मुलुकका लागि नेपाली राजदूत तथा ओपिसिडब्ल्युका लागि नेपालका स्थायी प्रतिनिधि सेवा लम्सालले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

उनले निरस्त्रीकरण र अप्रसारलाई नेपालको परराष्ट्र नीतिका आधारभूत स्तम्भका रूपमा उल्लेख गर्दै विश्व शान्ति, शान्तिपूर्ण सहअस्तित्व र अन्तरराष्ट्रिय सहयोगका सिद्धान्तप्रति नेपालको प्रतिबद्धता दोहोर्याएको ब्रसेल्सस्थित नेपाली दूतावासले जनाएको छ ।

उनले कुनै पनि परिस्थितिमा रासायनिक हतियारको विकास, उत्पादन, प्राप्ति, भण्डारण, प्रसार तथा प्रयोगको विपक्षमा नेपाल रहेको बताए। राजदूत लम्सालले अतिकम विकसित मुलुकमा संस्थागत, प्राविधिक तथा जनशक्ति क्षमता अभिवृद्धि गर्न रासायनिक हतियार निषेध सङ्गठनको निरन्तर सहयोग, तालिम तथा क्षमता विकास आवश्यक भएको बताए ।

कृत्रिम बौद्धिकता र जैविक प्रविधिलगायत विज्ञान तथा प्रविधिमा भइरहेका नयाँ विकासले निम्त्याउन सक्ने चुनौती सम्बोधन गर्न निरन्तर संवाद र सहकार्य आवश्यक रहेकामा नेपालले जोड दिएको उक्त दूतावासले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित मिति : ११ मंसिर २०८३, शुक्रबार  ९ : ४८ बजे

Your email address will not be published.

बर्सेनि एक करोड २० लाख बालिकाको विवाह, बालविवाह अन्त्य गर्न राष्ट्रसङ्घको आह्वान

काठमाडौं । आज बालविवाह र जबर्जस्ती विवाह अन्त्यसम्बन्धी अन्तरराष्ट्रिय दिवस

चट्टोग्राममा नेपाल-बङ्गलादेश व्यापारिक सम्बन्ध सुदृढीकरणको प्रयास

काठमाडौं । नेपाल र बङ्गलादेशबीच व्यापार, ऊर्जा, हवाई सम्पर्क तथा

रासायनिक हतियारमुक्त विश्व निर्माणमा नेपालको जोड

काठमाडौं । नेपालले रासायनिक हतियारमुक्त विश्व निर्माण गर्ने र रासायनिक

हेंवाखोलामा डाइभर्सन बनाउने प्रयास नै भएन

पाँचथर । हिउँद लागे पनि निर्माणाधीन तमोर करिडोर सडकअन्तर्गत पाँचथरको

हातेट्रयाक्टरको प्रयोग बढेसँगै गोरु पाल्ने चलन घट्दै

भोजपुर । खेतबारी खनजोत गर्न हातेट्रयाक्टरको प्रयोग बढेसँगै भोजपुरका गाउँघरमा