१२ मंसिर २०८३, शनिबार | November 28, 2026

सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित



सप्तरी । सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित रहेको पाइएको छ । जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका रहेका छन् ।

गजेन्द्रनारायण सिंह अस्पतालमा रहेको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रमा उनीहरुले नियमित रुपमा उपचार गराइरहेका केन्द्रकी वरिष्ठ स्टाफ नर्स सुनिता यादवले जानकारी दिईन ।

उनले भनिन, “अस्पतालमा सम्पर्कमा आएर उपचार गराउनेमध्ये सबैभन्दा बढी २० देखि ५० वर्षको उमेरका रहेका छन् । विसं २०८१ मा १८९ जना तथा २०८२ सालमा १९५ एचआइभीबाट सङ्क्रमित थिए । पछिल्लो तीन वर्ष यता प्रत्येक वर्ष एचआइभीबाट सङ्क्रमितको बढेको तथ्याङ्क छ ।”

नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत गजेन्द्रनारायण सिंह अस्पतालमा रहेको उपचार केन्द्रमा १० बालबालिकाको समेत नियमित रुपमा उपचार भइरहेको छ ।

“कतिपय सम्पर्कमा आउन नचाहेका कारण एचआइभीबाट सङ्क्रमितको सङ्ख्या बढी रहेको अनुमान गरेका छौँ”, उनले भनिन ।

एचआइभीबाट सङ्क्रमित नियमित रुपमा उपचार गर्न नआए उनीहरुको घरमै गएर पनि औषधि उपलब्ध गराउने गरिएको छ । विसं २०५२ सालदेखि एचआइभीबाट सङ्क्रमितको उपचार सेवा आरम्भ गरिएको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : १२ मंसिर २०८३, शनिबार  ८ : १२ बजे

Your email address will not be published.

बुटवलमा पाँचदिने खाना महोत्सव सुरु

बुटवल । नेपाली मौलिक खानाका परिकार, कला र संस्कृतिको प्रवर्द्धन

सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित

सप्तरी । सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित रहेको पाइएको छ

नारायणगढ-मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने

नारायणगढ । नारायणगढ-मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि

दसौँ राष्ट्रिय खेलकुद : पौडी प्रतियोगितामा बागमती टिम च्याम्पियन

नेपालगन्ज । दसौँ राष्ट्रिय खेलकुदअन्तर्गत नेपालगन्जमा भएको २३औँ पौडी प्रतियोगितामा

रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय