१९ श्रावण २०८३, मंगलबार | August 4, 2026

चुरे संरक्षणले स्थानीय जनताको जीवनस्तर परिवर्तन हुनेछ : राष्ट्रपति भण्डारी



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले चुरे संरक्षणबाट स्थानीय जनताको जीवनस्तर परिवर्तन हुने बताएकी छिन् । सिन्धुलीको दुधौली नगरपालिका–३ झँुगामा आज वृक्षरोपणपछि आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले चुरे संरक्षणले स्थानीय समुदायको जीविकोपार्जनका अवसर सिर्जना गर्ने बताइन ।

विशाल सामुदायिक वन क्षेत्रमा बर र पीपलका बिरुवा रोपेर राष्ट्रपति भण्डारीले आठौँ चुरे दिवस २०७९ को शुभारम्भ गरेकी थिइन । सो समारोहमा सम्बोधनका क्रममा उनले जङ्गली वन्यजन्तुको बासस्थान, जडीबुटी तथा वनस्पतिको खानी र तराई–मधेस क्षेत्रमा सिँचाइका लागि आवश्यक पर्ने पानीको मुख्य स्रोत चुरे नै भएको बताइन ।

तराई–मधेसका जनतालाई प्राकृतिक विपद्बाट बचाउन पनि चुरेको संरक्षण अपरिहार्य भएको उनको भनाइ छ । चुरे क्षेत्रमा रहेका स्थानीय तहमा भर्खरै निर्वाचित जनप्रतिनिधिलाई भावी पुस्ताको बाँच्न पाउने अधिकार समेतलाई ख्याल गरेर व्यवस्थित भौतिक विकास गर्न र वातावरणीय अध्ययन गरेर मात्र ढुङ्गा, गिट्टी, बालुवा जस्ता प्राकृतिक स्रोतको सङ्कलन र उत्खनन गर्न उनले आह्वान गरिन ।

तराई र मधेसका जनतालाई प्राकृतिक विपद्बाट बचाउन चुरे क्षेत्रमा रहेका वन, वनस्पति, वन्यजन्तु र पारिस्थीतिकीय प्रणालीलाई प्राकृतिक प्रक्रियाअनुसार स्वच्छ र स्वतन्त्ररुपमा बाँच्न दिनु पर्ने उनको भनाइ थियो । प्रकृति स्वच्छ भएमात्र मानव जीवन स्वच्छ हुने भन्दै उनले भनिन, “हामीले प्रकृतिलाई संरक्षण ग¥र्यौं भने मात्र प्रकृतिले हामीलाई संरक्षण गर्दछ भन्ने तथ्यलाई कसैले पनि विर्सन हुँदैन ।”

राष्ट्रपति भण्डारीले चुरे क्षेत्रमा जनसङ्ख्या वृद्धि, बसाइँसराइ, भौतिक पूर्वाधार विकासका क्रममा सहरीकरण दिन प्रतिदिन बढ्दो छ, यस प्रक्रियाले चुरे क्षेत्रको पारिस्थितीकीय प्रणालीलाई पारेको असरलाई कसरी कम गर्न सकिन्छ र हिजो नष्ट भएका पारिस्थितीकीय प्रणालीलाई पुनःस्थापना गर्न सकिन्छ भनेर सबैले गम्भीर भएर सोच्ने बेला आएको बताइन ।

वृक्षरोपण कार्यक्रमबाट वन क्षेत्रको क्षेत्रफल वृद्धि, जैविक विविधताको संरक्षण, कार्बन सञ्चिति, भूसंरक्षण एवं पानीको स्रोत वृद्धि गर्न र स्थानीय समुदायको जीविकोपार्जनका अवसर सिर्जना गर्न मद्दत पुग्ने विश्वास उनले व्यक्त गरिन ।

वृक्षारोपण गरेर मात्र नभएर रोपेका बिरुवाको स्याहार र संरक्षण गर्न उत्तिकै महत्वपूर्ण रहेको रहेको बताउँदै उनले बिरुवा हुर्केर उत्पादन भएका वस्तु, सेवाबाट स्थानीय समुदायले लाभ प्राप्त नगरेसम्म निरन्तर संरक्षण गर्नुपर्नेमा जोड दिइन ।

यसका लागि राष्ट्रपति चुरे–तराई–मधेस संरक्षण विकास समिति, नेपाली सेना, दुधौली नगरपालिका, विशाल सामुदायिक वन उपभोक्ता समिति सबैको उनले ध्यानाकर्षण गराइन । साथै सिन्धुलीको कमला नदी प्रणालीलाई आगामी पाँच वर्षभित्रमा नमूना नदी प्रणालीका रुपमा व्यवस्थापन गर्ने गरी गुरुयोजनामा समेट्न राष्ट्रपति चुरे–तराई–मधेस संरक्षण विकास समिति र नेपाली सेनाको वन तथा पर्यावरण महानिर्देशनालयलाई उनले ध्यानाकर्षण गराइन ।

वृक्षरोपण कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे, वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादव, सांसद गणेश पहाडी, दुधौली नगरपालिकाका प्रमुख दिनेश अधिकारीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । । राष्ट्रपति चुरे–तराई–मधेस संरक्षण विकास समिति, श्री १ वन तथा पर्यावरण सुरक्षा गण नेपाली सेना रानीबासको संयुक्त आयोजनामा विशाल सामुदायिक वनको १० हेक्टर क्षेत्रफलमा वर, पीपल, आँप, कटहर जातका १६ हजार बिरुवा रोप्ने कार्यक्रम रहेको बताइएको छ ।

प्रकाशित मिति : २ असार २०७९, बिहिबार  ६ : ३३ बजे

ग्यास अभावका विषयमा मुख्य सचिव कार्कीद्वारा व्यवसायीसँग छलफल

काठमाडौं । नेपाल सरकारका मुख्य सचिव गोविन्दबहादुर कार्कीले पछिल्लो समय

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक

ग्यास अभावको समस्यालाई तत्कालै सम्बोधन गर्न माग

काठमाडौं । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता

कप्तानगञ्ज घटना : गृहमन्त्री आएपछि मात्रै शव उठाउने रविन्द्र मेहेताका परिवारको अडान

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर घाइते

पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले पछिल्लो २४ घण्टामा