५ मंसिर २०८३, शनिबार | November 21, 2026

‘केन्द्रीय गुनासो व्यवस्थापन डेस्क’ स्थापना



काठमाडौं । नेपाल प्रहरीमा कार्यरत आधारभूत तहका कर्मचारीको समस्या, गुनासो सुनुवाइका लागि ‘केन्द्रीय गुनासो व्यवस्थापन डेस्क’ स्थापना गरिएको छ ।

प्रहरी प्रधान कार्यालयले शुक्रबार प्रहरीमा कार्यरत आधारभूत तहका प्रहरी कर्मचारीको समस्या, गुनासो तथा कठिनाइको निष्पक्ष सुनुवाइ र उचित सम्बोधन गर्नका लागि उक्त डेस्क स्थापना गरेको हो ।

प्रहरी महानिरीक्षक डा मनोजकुमार केसीले शुभारम्भ गर्दै सियुजी सेवामा आबद्ध आधारभूत तहका प्रहरी कार्यालय सहयोगीदेखि प्रहरी वरिष्ठ हवल्दारसम्मका ५४ हजार १२२ प्रहरी कर्मचारीको मोबाइलमा एकैसाथ गुनासो दर्ताका लागि गुगल फर्म लिंक पठाएका थिए ।

प्रहरी नियमावली, २०७१ को नियम १९६ बमोजिम कार्यादेश जारी गरी स्थापना गरिएको केन्द्रीय गुनासो व्यवस्थापन डेस्कको मुख्य उद्देश्य नेपाल प्रहरीमा कार्यरत आधारभूत तहका प्रहरी कर्मचारीहरूको पेसागत तथा सेवागत जीवनलाई थप सुरक्षित, सम्मानित, मर्यादित र न्यायोचित बनाउनु रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ५ मंसिर २०८३, शनिबार  ९ : ०३ बजे

Your email address will not be published.

‘केन्द्रीय गुनासो व्यवस्थापन डेस्क’ स्थापना

काठमाडौं । नेपाल प्रहरीमा कार्यरत आधारभूत तहका कर्मचारीको समस्या, गुनासो

यसवर्षपनि खैरहनीमा मेसिनबाट आलु रोपियो

नारायणगढ । गत वर्षदेखि सुरुआत गरिएको मेसिनबाट आलु रोप्नेकार्यलाई यस

तरकारीखेतीबाट वीरबहादुरको वार्षिक २५ लाख आम्दानी

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका-११ भुजेलाका वीरबहादुर खड्का एक दशकदेखि

नेपाललाई वैदिक ज्ञान र धार्मिक पर्यटनको केन्द्र बनाउनुपर्छ : स्वामी कमलनयनाचार्य

नारायणगढ । चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा

इलाममा आजदेखि सूर्योदय चिया महोत्सव

इलाम । इलाममा आजदेखि दुई दिने ‘प्रथम सूर्योदय चिया महोत्सव-२०८३’