३ पुस २०८२, बिहिबार | December 18, 2025

चुनावको मुखमा आउने बजेट वितरणमुखी हुनु स्वाभाविक : आर्थिक मामिला मन्त्री खड्का



बुटवल । लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले चुनावको पूर्वसन्ध्यामा आउने बजेट स्वाभाविकरुपमा चुनावमुखी हुने बताएका छन् । आर्थिक वर्ष ७९र८०को बजेट सन्दर्भमा आज पत्रकारहरुसँगको अन्तरक्रियामा बोल्दै मन्त्री खड्काले चुनाव केन्द्रीत र बितरणमुखी बजेट भएको विपक्षीको आरोपलाई स्विकार गरे ।

उनले कतिपय गलत परम्पराका कारण आर्थिक सुधार गर्न नसकिएको बताउँदै सरकारको तलव पनि खाने र मन्त्रालयमै बसेको बैठक भत्ता पनि खाने प्रबृत्ति गलत भएको बताए । ‘मन्त्रालय वा राजधानी बाहिर जाँदा भत्ता लिनु जायज भएपनि मन्त्रालयमै बसेको बैठकको भत्ता बुझ्नु गलत हो ।’ उनले भने, ‘तर यो परम्परा रोक्न असम्भव छ ।’

उनले ठुला योजनाहरु कार्यान्वयन गर्न प्रदेश सरकारसँग अधिकार नै नभएको बताउँदै चाहेर पनि कतिपय योजनाहरुमा बजेट बिनियोजन गर्न नसकिएको बताए । ‘उद्योग खोल्नुस् भनिन्छ, तर जग्गा दिने अधिकार छैन, उद्योगलाई बिजुली दिने अधिकार छैन र करमा छुट दिने अधिकार छैन ।’ उनले गुनासो गरे ।

उनले आगामि आर्थिक बर्षको बजेटले निधौरण गरेका संकल्प पूरा गर्ने दावी गरे ।

आर्थिक बर्ष ०७९/८० को बजेटलाई जनतासँग जोडेर आर्थिक बृद्धिदर बढाउने, रोजगारी बृद्धि गर्दै नमूना विकास मोडेल बनाउने उनले बताए । आर्थिक मामिला मन्त्री खड्काले प्रदेशको आन्तरीक आम्दानी बढाउनेतर्फ पनि सरकारले ध्यान दिने बताए । उनले विकासको मोडेललाई नयाँ ढंगले अगाडी बढाउन जनतालाई जोडेर बजेट कार्यान्वयन गरिने बताए ।

पत्रकाहरुसँग गरिएको अन्तरक्रियामा मन्त्री खड्काले सरकारले आन्तरीक आम्दानी बृद्धिका लागि सवारी लाइसेन्स नविकरणमा एक वर्षको छुट, ढुंगा गिट्टी वालुवाको आम्दानी वापतको रकम स्थानीय तहले जम्मा नगरे समानीकरण अनुदान रोक्नेसम्म योजना अघि सारेर आन्तरीक आम्दानी बढाउने योजना रहेको बताए ।

कार्यक्रममा पत्रकारहरुले बजेटको बिबिध बिषयमा जिज्ञासा र सुझाव राखेका थिए । लुम्बिनी प्रदेश सरकारले केहि नयाँ कार्यक्रम सहित ४२ अर्ब ६३ करोड ५७ लाखको बजेट ल्याएको छ ।

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  ११ : १४ बजे

अध्यक्षमा केपी ओली सहज विजयउन्मुख अवस्थामा

काठमाडौँ । नेकपा एमालेको महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भइरहेको मतगणनामा

महाकाली पुल र बस्ती बचाउन तटबन्धको काम वर्षायाम अघि नै सम्पन्न गरौं : मन्त्री घिसिङ

कञ्चनपुर। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

जाँचबुझ आयोगद्वारा तत्कालीन आईजीपी खापुङसँग पुनः बयान

काठमाडौं। २३ र २४ भदौमा भएका घटनाको छानबिनका लागि गठित

सुनको मूल्य तोलामा २ लाख ६० हजार ४०० रुपैयाँ, चाँदीको पनि बढ्यो

काठमाडौं । बिहीबार नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको

अध्यक्षमा ओली तेब्बर मतले अगाडि, महासचिवमा शंकरलाई पछ्याउँदै सुरेन्द्र

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा